काठमाडौँ । आम जनता पार्टी (आजपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आउँदो भदौ ११ र १२ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक बोलाइएको अध्यक्ष प्रभु साहले जानकारी दिए ।
बैठकमा तेस्रो जनआन्दोलनको रणनीति तय हुने उनको भनाइ छ । दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको विकल्प नभएको भन्दै उनले बैठकमा त्यसबारेमा अगामी कार्ययोजना समेत पेस हुने जानकारी दिए ।