१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतादातासँग सांसद चौधरीले गरे विकासका योजनाबारे छलफल

अ+ अ-

काठमाडौँ । संघीय सांसद एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको विकास निमार्णको अवस्थाबारे मतदाताबीच छलफल गरेका छन् ।

बर्दघाट ७ बेलाहानीस्थित उनको निजी निवासमा शनिबार आयोजित सरोकारवालासँगको छलफल कार्यक्रममा जिल्लाको विगत, वर्तमान र भावी विकास निमार्णको अवस्थाबारे छलफल गरिएको हो ।

छलफलमा सांसद चौधरीले आफ्नो कार्य अवधिमा जिल्लामा भएको विभिन्न विकासका योजना तथा आयोजनाहरूको प्रगतिको अवस्थाबारे मतदाता माझ जानकारी गराएका थिए । सो कार्यक्रममा सांसद चौधरीले बुटवल नारायण सडक खण्ड, यसैगरी हुलाकी सडक खण्डको प्रगति अवस्था, बर्दघाटमा काठमाडौँ बाहिर पहिलो ट्रमा सेन्टर स्थापना, यसैगरी गण्डक क्षेत्रमा भइरहेको कामबारे जानकारी दिएका थिए ।

सो अवसरमा मतदाताहरूले जिल्लाको चौतर्फी विकास साथै आगामी योजना र यस क्षेत्रको पूर्वाधार, सिँचाइ खानेपानी, सुकुम्वासी समस्या लगायतका विषय वस्तुमा मतदाताले सांसद चौधरीलाई ध्यानाकर्षण गराएका थिए ।

नेपाली काँग्रेस नवलपरासी निर्वाचन क्षेत्र नं. १ का संघीय सभापति मुकुलकुमार आचार्यको अध्यक्षता तथा नेपाली काँग्रेसका युवा नेता जिल्ला सदस्य प्रेम कामुले सञ्चालन गरेको उक्त कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, महिला संघकी केन्द्रीय सदस्य कमल पराजुली तिवारी , काँग्रेसका नेता राधेश्याम चौधरी, तरुण दलका केन्द्रीय सदस्य करिम खान, तरुण दलका जिल्ला अध्यक्ष शुकबहादुर गुरुङ, काँग्रेस नेता गणेश विश्वकर्मा, बर्दघाट नगरपालिका वडा नं. ७ का वडाध्यक्ष धुब्र थारुलगायतले संघीय सांसद विनोद चौधरीको पहलमा भएका काम सकारात्मक भएको भन्दै समीक्षा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस