१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सधैँभरि रक्षा गर्न सक्दैन, हलुका रूपमा नलिऔँ : नारायणकाजी श्रेष्ठ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बाङ्लादेशको घटनापछि सत्ता, शक्ति, दम्भ, अहंकार, बदला र दमनले कसैलाई पनि सधैँभरि रक्षा नसक्ने देखाएको टिप्पणी गरेका छन्।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेको श्रेष्ठले सरकारले सीमा नाकाहरुकमा कडा निगरानी र सुरक्षामा ध्यान दिनु आवश्यक रहेको बताए।

उनले भने,‘हामीले अहिले नै बाङ्लादेशमा घटेको घटनाको सम्पूर्ण पाटापक्ष र यसले पार्ने प्रभावहरूका बारेमा निष्कर्ष निकाल्नु हतारो हुन सक्छ । तर यसबाट निम्न शिक्षाहरू लिन भने अरु समय लिइरहनु आवश्यक छैन । सत्ता, शक्ति, दम्भ, अहंकार, बदला र दमनले कसैलाई पनि सधैँभरि रक्षा गर्न सक्दैन। त्यस्तो पात्र , प्रवृत्ति र संयन्त्र स्थायी र टिकाउ हुन सक्दैन ।’

उनले अन्ततः सत्य र जनबलको नै जीत हुने उल्लेख गर्दै त्यसको अघि सबैले झुक्नै पर्ने बताए।

राजनीतिक पार्टीहरू र नेताहरू बदलिए तिब्र गतिमा नेपाल बदल्न सम्भव भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘नेपाली जनताले अहिले निर्देश दिइरहेको पनि यही हो, नेताहरू र दलहरू आफू बदलिऊ र देशलाई बदल र बनाऊ । यसलाई हलुको रूपमा नलिऔँ।’

प्रतिक्रिया दिनुहोस