२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल काभा वुमन्स भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने 

अ+ अ-

काठमाडौँ । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५-२१, २८-२६ र २५-२० ले हराएको हो ।

मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल बुधबार नै हुनेछ ।

लिग चरणमा वेष्ट अफ फाइभ खेलेर पराजित भएको नेपालले सेमिफाइनलमा इरानसँग बदला लिएको छ ।

पहिलो सेटको सुरुमा ५(१ ले पछि परेको नेपालले लगातार ४ अंक जोड्दै ६-५ को अवस्थामा अघि बढ्यो । त्यसपछि नेपालले लगातार अंक जोड्दै १६(१० को अवस्थामा पुग्यो । त्यसपछि एक समय २०(२२ मा पुगिसकेको नेपालले खेलमा पछि नपरी २५(२१ ले पहिलो सेट जित्यो ।

दोस्रो सेटको सुरुवातमा २-० को अग्रता इरानले बनाएको थियो । त्यसपछि नेपाल ६-४, १०-५ हुँदै अग्रता लिँदै गइरहेको थियो । तर केही सामान्य गल्ती गर्दा इरान खेलमा फर्कियो २०-२० को अवस्थामा पुग्यो । त्यसपछि इरानले अग्रता लिँदै २४-२१ को अवस्थासम्म पुग्यो ।

त्यसपछि नेपालले लगातार ३ अंक जोडेर २४-२४ बनायो । त्यसपछि दुबै टिमले पालैपालो अंक जोड्यो र  अन्तमा नेपालले लगातार २ अंक जोड्दै २८-२६ ले दोस्रो सेट जित्यो ।

तेस्रो सेटमा इरानले १०-७ को अग्रता बनाएको थियो । नेपालले खेलमा फर्कँदै १५-१५ बनायो । त्यसपछि अग्रता लिँदै २३-१९ को अवस्थामा पुग्यो । यो सेट नेपालले २५-२० ले जित्यो ।

बुधबार नै तेस्रो स्थानका लागि इरान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस