२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूध बेचेर मासिक एक लाख आम्दानी

अ+ अ-

घोराही (दाङ) ।  दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन् ।  उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लागेका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आएका छन् । 

मेहनत गर्न सके आफ्नै ठाउँमा पशुपालनबाट पनि राम्रो आम्दानी लिन सकिने भन्दै गोरखा बायो फार्मका अध्यक्ष रहेका घर्तीले भने, “व्यवसाय नगरेको भए अहिले खाली बस्नुपर्थ्यो । तर व्यावसायिक रूपमा भैँसी तथा बङ्गुरपालन गरेपछि राम्रै आम्दानी भइरहेको छ ।” उनले रोजगारीका लागि दिनहुँ युवा जनशक्ति बिदेसिएको समयमा पशुपालनबाट राम्रै आम्दानी भइरहेको बताउछन् ।

घोराही उपमहानगरपालिका–७ घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिक पशुपालन गर्दै आएका घर्तीले दूध बिक्री गरेर मासिक रु एक लाख बढी आम्दानी भइरहेको बताउछन् । उनका अनुसार फार्ममा साना ठूला गरेर अहिले १८ वटा भैँसी, २५ वटा बङ्गुर, हाँसलगायत रहेका छन् । १८ वटा भैँसीमध्ये चार वटा भैँसीले दूध दिने र त्यहीबाट महिनामा एक लाख बढी कमाई गर्दै आएको घर्ती बताउछन् । उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको भन्दै उनले भने, “उत्पादन गरेको दूध बिक्रीमा समस्या छैन । फार्मबाटै स्कुल तथा डेरीमा जाने गरेको छ ।” दैनिक अहिले दैनिक ४५/५० लिटरसम्म दूध बिक्री भइरहेको भन्दै उहाँले फार्ममा कम्तीमा ४० वटा भैँसी र केही जर्सी गाईसमेत थप गर्ने योजनामा रहेको बताए। 

बजारको मागसँगै प्रशस्तमात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिइएको घर्ती बताउछन् । उनका अनुसार दूध ७० रुपैयाँ लिटर बिक्री हुने गर्दछ । दूध उत्पादनका लागि भैँसीसँगै मासुका लागि बाख्रा, बङ्गुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरी बताउछन् । त्यसका लागि थप संरचना निर्माण गर्ने तयारीमा रहेको उनी बताउछन् । 

अहिले दूध उत्पादनसँगै मासु उत्पादनका लागि बाख्रा र बङ्गुरपालनलाई बढाउने उद्देश्य रहेको भन्दै सञ्चालक चौधरीले भने, “अहिलेको संरचनालाई बढाउने र त्यसैमा थप भैँसी र बाख्रा पालन गर्ने उद्देश्य रहेको छ ।” 

व्यावसायिक रूपमा दूध, मासुसँगै तरकारी उत्पादन गर्ने उद्देश्यले फार्ममा अहिलेसम्म करिब रु डेढ करोडसम्म लगानी भइसकेको छ । उनीहरूले कृषि फार्ममा तीन जनालाई रोजगारी दिएका छन् । पशुपालनका लागि सुपर नेपियर, किमु, इपिल, सुडान, मकैचरी, मकैलगायतका व्यावसायिक घाँसखेती गरिएको उनी बताउछन् । उनीहरू जस्तै जिल्लामा पछिल्लो समय पशुपालन व्यवसायमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै जान थालेको छ ।

प्रतिक्रिया दिनुहोस