काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टीको सुधार माथिल्लो कमिटीबाटै सुरु हुनुपर्ने प्रस्ताव गरेका छन् ।
मंगलबारसम्म चलेको पदाधिकारी बैठकमा उपमहासचिव गजुरेलले पार्टीप्रति आकर्षण बढाउन अपनाउनुपर्ने विकल्पहरू प्रस्ताव गरेका थिए ।
विधान पालनाकै सन्दर्भमा उनले अहिलेकै पदाधिकारी संख्या पनि विधान बमोजिम नरहेको सम्झाएका थिए ।
पार्टी सुधारको अभियान यही गल्ती सच्याएर थाल्नुपर्ने उनले बताएका थिए । त्यसका लागि पदाधिकारीहरूले सामूहिक राजीनामा दिने विकल्प गजुरेलले राखेका थिए ।
यसबाहेक पार्टी पुनर्निर्माणका लागि भनेर अरु प्रस्तावहरू समेत गजुरेलले बैठकमा राखेका छन् ।