५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार

अ+ अ-

गलकोट (बागलुङ) । आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत दुई हजार सात सय ६३ रोपनी जग्गामा आलु खेती विस्तार गरेको छ ।

केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलु खेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभन्दा ठूलो कार्यक्रमअन्तर्गत रु तीन करोड ६० लाख बजेटबाट आलु खेती विस्तार थालेको थियो । आलुको उत्पादनदेखि बजारीकरणसम्मका लागि अनुदान दिइएको केन्द्रले जनाएको छ ।

आलुको उत्पादन बढाउन यान्त्रिकीकरण, बीउ, मलदेखि उत्पादनका आधारमा अनुदान दिनेगरी यस वर्ष केन्द्रको बजेट आलु प्रवर्द्धन कार्यक्रममा केन्द्रित गरेर दुई हजार सात सय ६३ रोपनीमा आलु उत्पादन गरी  बजारीकरण गरिएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिए । 

कृषकलाई उन्नत जातको आलुको बीउ र खेती गर्ने प्रविधि हस्तान्तरण सिकाइएको छ । सहकारीमार्फत कृषि उपजको उत्पादन गर्दै आएकामा आलु प्रवर्द्धन कार्यक्रमले सहकारीलाई राहत मिलेको जैमिनी नगरपालिका–४ सर्कुवास्थित साना किसान कृषि सहकारीका अध्यक्ष प्रभाकर पौडेलले बताए । 

अदुवा र बेसारखेतीलाई प्रोत्साहन गर्दै आएको सहकारीले चालु आवमा खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत ३५ रोपनी जग्गामा आलु खेती गरेको बताए । उनले चार मेट्रिक टन आलु उत्पादन गरेर सहकारीमार्फत बेचिएको जानकारी दिए । 

बागलुङ आलु उत्पादनका लागि उर्वर जिल्ला मानिन्छ । विशेषगरी ढोरपाटन, तमानखोला गाउँपालिका, गलकोट नगरपालिका निसीखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा अधिक आलु उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस