२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देब्रे हात भाँच्चिएकोमा दाहिनेमा प्लास्टर गरिदिएपछि…

अ+ अ-

काठमाडौँ । देब्रे हात भाँच्चिएर उपचारका लागि आएका एक जना बालकको दाहिने हातमा प्लास्टर गरिएको तस्बिर मंगलबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीको लापरबाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीलाई सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका छन् ।

अस्पतालले बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको भन्दै मंगलबार केही बेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए । भाइरल भएका ती बालक बझाङको दुर्गाथली गाउँपालिका-७, दौलाका ७ वर्षीय सुनील दौल्याल हुन् ।

आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेका सुनीललाई उनका दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुर्‍याएका थिए । सोमबार दिउँसो तीन बजेतिर अस्पताल पुर्‍याइएका उनको एक्स-रे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखियो । चिकित्सकले शल्यक्रिया गर्नु पर्ने भन्दै सुनीललाई वार्डमा भर्ना हुन लगाए ।

केही बेरमा आएका नर्सहरूले हातमा प्लास्टर गर्नुपर्ने भनेर बालकलाई अर्को कोठामा लगे । कुरुवा गएका आदेश सोही कोठाको बाहिर राखिएको कुर्सीमा बसेका थिए । प्लास्टर सकिएपछि ‘भोलि अपरेसन हुन्छ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई आदेशको जिम्मा लगाए । आदेश पनि सुनिललाई लिएर अस्पतालको क्यान्टिनमा खाना खान गए । ‘क्यान्टिनमा पुगेपछि हेर्दा त भाँच्चिएको हातमा नभई अर्को हातमा प्लास्टर गरिएको रहेछ,’ आदेशले भने, ‘मैले भिडियो बनाउँदै गरेको देखेपछि क्यान्टिनका कर्मचारीले डाक्टरलाई खबर गरे छन् । तुरुन्तै आएर भाइलाई भित्र लगे । पहिलाको प्लास्टर फालेर फेरि अर्को हातमा लगाइदिए ।’ ‘गल्तीले अर्को हातमा प्लास्टर भएछ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई लिएर गएको आदेशले बताए ।

मंगलबार साँझ शल्यक्रियापछि बुधबार अस्पतालले सुनीललाई डिस्चार्ज गरेको छ । भाँच्चिएका हड्डीलाई तारको सहयोगले जोडेर शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङका हाडजोर्नी विशेषज्ञ डाक्टर दीपक खड्काले बताए । प्लास्टर गर्ने क्रममा अस्पतालका कर्मचारीको कमजोरी भएको भन्दै उनले यो मानवीय त्रुटि भएको बताए ।

प्रतिक्रिया दिनुहोस