२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्लाफाँटाको नवनिर्मित कबर्ड हल बाढीको उच्च जोखिममा

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा निर्माण गरिएको कबर्ड हल सनबोरा नदीको उच्च जोखिममा परेको छ । 

नदीको बाढीले कबर्ड हल भएको क्षेत्रमा जग्गा कटानी गर्न थालेपछि जोखिममा परेको हो । कबर्ड हल जोगाउनका लागि नगरपालिकाले जैविक तटबन्ध निर्माण गर्ने तयारी गरेको छ । कबर्ड हल निर्माणका लागि जैविक तटबन्ध निर्माण गरिने नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीले बताए । “तत्काल तटबन्धको ठूलो योजना कार्यान्वयन गर्न नगरपालिकासँग बजेट छैन”, उनले भने, “नदीले गर्दै आएको भूक्षय रोक्नका लागि कम लागतमा निर्माण हुने जैविक तटबन्ध बनाउने योजना बनाउन लागेका छौँ ।”

 नगर प्रमुख रणबहादुर महराले कबर्ड हलसँगै खल्ला बस्तीलाई नदीको कटानबाट जोगाउनका लागि प्रदेश र सङ्घीय सरकारसँग आवश्यक बजेटका लागि पहल गर्ने कार्य भइरहेको बताए ।  कबर्ड हल रु दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ मा ठेक्का प्रक्रियामार्फत निर्माण गरिएको छ ।

कबर्ड हलमा डबल ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, एक सय ५० जना बस्न सकिने प्यारापिट, १२ वटा शौचालय, बाथरुम, महिला पुरुष कपडा चेन्जिङ रुमलगायत निर्माण गरिएका छन् । गत वर्षका असारमा सम्झौता भई चालु आवको असार १५ गतेभित्र निर्माण कार्य सक्ने गरी ठेक्का दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस