१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ई-स्पोर्टस पदक विजेता पुरस्कृत

अ+ अ-

काठमाडौँ । ई-स्पोर्टस सङ्घ नेपालको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय ई-स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई आज पुरस्कृत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा मोबाइल लिजेन्ड र ई-फुटबलका पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कार प्रदान गरे । उक्त प्रतियोगिता सुर्खेतमा यही असार १४ र १५ गते भएको थियो ।

प्रतियोगितामा मोबाइल लिजेन्डमा शीर्ष आठ स्थान हासिल गर्ने क्रमशः हाई भोल्टेजले रु. ६० हजार, कोड रेडले रु. ४० हजार, सिक्सटी नाइन गेमिङले रु. ३० हजार, वीरे नुनले रु. २० हजार, मिडनाइट ह्याभक र हेल्लो किटिसले समान रु. १५/१५ हजार प्राप्त गरे । त्यस्तै, मिडनाइट ह्याभक रु. २० हजार र गुड नाइटले समान रु १०-१० हजार नगद पुरस्कार पाए ।

यसैगरी, ई फुटबलमा पहिलो भएका गौरव पुडासैनीले रु. ४० हजार, दोस्रो भएका सन्देश ओझाले रु. ३० हजार, तेस्रो भएका रोशन शर्माले रु. २० हजार तथा चौथो भएका निखिल हमालले रु. १० हजार नगद पुरस्कार प्राप्त गरे ।

कार्यक्रममा सदस्य सचिव घिसिङले ई स्पोर्टस सङ्घलाई जिम्मेवारी दिएको छोटो समयमा प्रतियोगिता आयोजना गर्न सफल भएकामा बधाई दिँदै ई-स्पोर्टसलाई अझ व्यवस्थित ढङ्गले अगाडि बढाएर देशको प्रतिष्ठा अभिवृद्धि गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए ।

सदस्य सचिव घिसिङले ई-स्पोर्टस समाजको विकास चरणले मागेको खेल भएको बताउँदै आजको पुस्ता कुन खेलतर्फ आकर्षित छ भन्ने कुरालाई दृष्टिगत गरी त्यही अनुरुप सरकारले लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए ।

राखेपका सदस्यसमेत रहेका ई-स्पोर्टसका अध्यक्ष अञ्जन धमलाले ठूलो चुनौतीका बीच सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकामा राखेपलाई धन्यवाद दिँदै वार्षिक पात्रो नै तयारी गरी सङ्घ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस