२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरमा पुरातात्विक महत्वको ऐतिहासिक धारा पुन : निर्माण

अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिका वडा नं ४ जावालाखेलमा ऐतिहासिक (जरुँहिटी) उत्खनन गरेर ललितपुर महानगरपालिकाले पुनः निर्माण गरेको छ ।

ऐतिहासिक धारा (जरुँहिटी) ललितपुर महानगरले पार्क निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएकाले ललितपुर महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा पुनः निर्माण गरेको हो ।

ताम्राकार समाजले बाटो हिँड्नेलाई पानी पिउन सहजताको लागि परम्परागत रुपमा निर्माण गरिएको उक्त धारा चार सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिए । उनको अनुसार हाल ललितपुर महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा निर्मित धारामा आरओ प्रविधिद्वारा प्रशोधित शुद्ध पिउने पानी स्वचालित रुपमा सञ्चालित छ ।

ललितपुर महानगरपालिका–४ जावलाखेल मोसिख्योमा पार्क निर्माण गर्नेक्रममा पुरातात्विक महत्व बोकेको ऐतिहासिक धाराको ढुङ्गा भेटिएपछि ताम्राकार समाजसँगको सहकार्यक्रमा उक्त धारा (जरुँहिटी) को पुनःस्थापना गरेको ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काले जानकारी दिए । उनले भने, “उत्खनन गर्नेक्रममा भेटिएको धारा (जरुँहिटी) ताम्राकार समाजसँग सम्बन्धित भएकाले आउने दिनहरुमा ताम्राकार समाजले नै धाराको संरक्षण गर्नेछ ।”

महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनः निर्माण गर्नेक्रममा धारा जरुँहिटीलाई पुनःस्थापना गरेकोमा आफू खुसी रहेको ललितपुर महानगरपालिका–४ जावलाखेलका स्थानीय रामकुमार पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस