काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले बदलिँदो राजनीतिक परिस्थितिबारे निर्णय गर्न कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
भोलि बस्ने बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’लाई साथ दिने कि काँग्रेस-एमाले गठबन्धनमा सामेल हुने भन्ने निर्णय गर्ने छ । वर्तमान सरकारमा जसपाका दुई मन्त्री र एक राज्यमन्त्री छन् ।