काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले भ्रष्टाचारलाई समाप्त पार्न प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन् ।
आइतबार पार्टीको महाधिवेशनमा बोल्दै खनालले मुलुकलाई सबै क्षेत्रबाट अगाडि बढाउनको लागि पहिले भ्रष्टाचार निर्मूल पार्न प्रतिस्पर्धा आवश्यक रहेको बताए ।
उनले भने, ‘हामी यो देशमा कसरी भ्रष्टाचारलाई समाप्त गर्न सकिन्छ भन्ने कुरामा प्रतिस्पर्धा गरौँ । देशबाट शोषणलाई कसरी समाप्त गर्न सकिन्छ, राष्ट्रिय स्वतन्त्रतालाई रक्षा गर्ने काममा कसरी प्रतिस्पर्धा गर्न सकिन्छ भन्नेबारे सोचौँ ।’
खनालले देशको सामाजिक आर्थिक रूपान्तरणका लागि कृषिलाई प्राथमिकता दिनुपर्ने बताए । उनले देशको शिक्षा र स्वास्थ्यमा धेरै विकृति रहेको धारणा राखे । ‘यो विकृतिको उरुङलाई कसरी बढार्ने । आज ठूलो समस्या छ । यी कुराहरूको लागि तपाईँ हामी प्रतिस्पर्धा गरौँ,’ खनालले भने ।