२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्जेन्टिना कोपाको क्वाटरफाइनलमा

अ+ अ-

काठमाडौँ । कोपा अमेरिकामा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह एमा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल भएको हो । 

अमेरिकाको न्युजर्सीमा आज भएको खेलमा अर्जेन्टिनाले चिलीमाथि १-० को कठिन जित निकाल्न सफल भयो । ६० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको अर्जेन्टिनाले गोलका लागि भने निकै संघर्ष गर्नु परेको थियो । अर्जेन्टिनाका लागि ८८ औं मिनेटमा लाउटारो मार्टिनेजले सेन्टरबाट आएको पासलाई गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै तालिकामा ३ अंक थप्न सफल भयो ।

यही समूहमा रहेको क्यानडाले पेरुलाई पनि १-० गोल अन्तरले पराजित गरेको छ । जितसँगै पहिलो ३ अंक जोडेको क्यानडा ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । 

पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको क्यानडाले दोस्रो खेलमा जित निकालेपछि क्वाटरफाइनलको सम्भावना यद्यपी कायमै राखेको छ । पेरुले क्यानडालाई दबाबमा राखे पनि ५९  औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । 

पेरुका मिगुएल अराउजोले फल गरेपछि भिडियो एसिस्टेन्ट रेफ्री (भार)को सहायतामा रातो कार्ड देखाइएको थियो । त्यसपछि भने पेरु दबाबमा आउँदा त्यसको फाइदा क्यानडाले लिन पुग्यो । क्यानडाका जोनाथन डेभिडले ७४ औं मिनेटमा ज्याकब सेफलबर्गको पासमा गोल गरेका थिए । सोही गोल नै क्यानडालाई स्पष्ट ३ अंक दिलाउन पर्याप्त भयो । 

प्रतिक्रिया दिनुहोस