२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युरो कप : समूह सीका दुवै खेल बराबरीमा सकिए, सर्विया प्रतियोगिताबाटै बाहिरियो 

अ+ अ-

काठमाडौँ । युरो कप २०२४ मा समूह सीका दुवै खेल बराबरीमा सकिएका छन् । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्वियाले गोलरहित बराबरी खेलेका हुन् ।

गोलरहित बराबरीमा सबै टिमले एक एक अंक जोडेका थिए । इंग्ल्याण्ड ५ अंकका साथ समूह विजेता बन्दै अन्तिम १५ मा प्रवेश गरेको छ ।

यसैगरी अर्को खेलमा डेनमार्क र सर्वियाले पनि गोलरहित बराबरी खेले । डेनमार्क ३ अंकका साथ दोस्रो स्थानमा रहेर अन्तिम १६मा पुगेको छ । डेनमार्क र स्लोभानिया दुवैले तीन तीन खेल नै बराबरी खेलेका थिए । तर, कम पहेँलो कार्डका आधारमा डेनमार्क दोस्रो स्थानमा रहन पुग्यो । यसैगरी लगातार तीन खेलमा बराबरी खेलेको स्लोभानिया पनि उत्कृष्ट तेस्रो बन्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो । सर्विया भने प्रतियोगिताबाट बाहिर भएको छ ।

यसैगरी समूह डीको खेलमा अस्ट्रिया जित निकाल्दै समूह विजेता बनेको छ । अस्ट्रियाले नेदरल्याण्ड्सलाई ३–२ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा रह्यो । अस्ट्रियाले पहिलो गोल उपहार पाएको थियो । नेदरल्याण्ड्सका डोनियल मालेनले आफ्नै पोस्टमा गोल गर्दा अस्ट्रियाले अग्रता लिएको थियो ।

४७ औं मिनेटमा नेदरल्याण्ड्सका कोडी म्याथेसले बराबरी गोल गरेका थिए । ५९ औं मिनेटमा अस्ट्रियाका रोमानोले गोल गरेपछि २–१ को अग्रता लियो । ७५ औं मिनेटमा नेदरल्याण्ड्सले मेफिस डीपेले बराबरी गोल गरेका थिए । प्रतिस्पर्धात्मक देखिएको खेलमा मार्केल सेबिट्जरले ८० औं मिनेटमा गोल गरेपछि अन्ततः अस्ट्रिया ३–२ को जितका साथ शीर्ष स्थानमा रह्यो ।

यही समूहमा रहेको फ्रान्स र पोल्याण्डले भने एक एक गोलको बराबरी खेले । दुवै टिमले एक एक गोल पेनाल्टीमा गरेका हुन् । ५६ औं मिनेटमा केलियन एम्बाप्पे र ७९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले आफ्ना टिमका लागि पेनाल्टीमा गोल गरेका थिए ।

बराबरीसँगै फ्रान्सले अन्तिम १६ मा स्थान बनाउँदा पोल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट उत्कृष्ट तेस्रो बन्दै नेदरल्याण्ड्सले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

प्रतियोगिता अन्तर्गत आज पनि ४ वटा खेल हुने छन् । समूह ईका स्लोभाकिया र रोमानिया, युक्रेन र बेलजियम भिड्दा समूह एफका चेक गणतन्त्र र टर्की तथा जर्जिया र पोर्चुगल आमने सामने हुने छन् । पहिलो खेल राति पौने १० बजे सुरु हुने छ भने दोस्रो खेल राति पौने १ बजे सुरु हुने छ । 

प्रतिक्रिया दिनुहोस