१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढुङ्गेधारा छ, पानी छैन

अ+ अ-

काठमाडौँ । भक्तपुरको लोकन्थलीकी राजमाया हेक्कालाई ढुङ्गेधारामा कलकल बगेको पानी अँजुलीमा थापेर खाएको सम्झँदा अहिले सपनाजस्तै लाग्छ । उमेरले ७५ नाघेकी राजमाया भन्छन्, “धारामा चौबिसै घण्टा सफा पानी आउँथ्यो । धारामै थापेर पिउँथ्यौँ । अहिले त त्यस्ता ढुङ्गेधारा नै छैनन्, भएकामा पनि पानी झर्दैन । त्यसैले यो विगत सम्झँदा अहिलेको पुस्ताले त एकादेशको कथा जस्तै भन्न थालिसकेको छ ।”

त्यसो त पहिला पहिला अहिलेजस्तो घरघरमा पानीका धाराको सुविधा पनि थिएन । गाउँगाउँ र टोलटोलमा ढुङ्गेधारा थिए र त्यहीँबाट पानीको गुजारा गर्नुपथ्र्यो । सफा र स्वस्थ पानीको खाँचो हुँदैनथ्यो । राजमाया भन्छन्, “मैले देखेका कैयौँ ढुङ्गेधारा सुकिसके । ती धाराको बयान अहिले गर्दा कोही पत्याउँदैन ।”

लोकन्थलीकै हरिबहादुर हेक्काको टोलमा ढुङ्गेधारा त छ तर पानी आउन भने छोडिसकेको छ । “पहिले धाराको पानीले पुगेपछि बगेर जाने गथ्र्यो । खेतीमै त्यही पानी लगाउँथ्यौँ । हामी त्यहीँको पानी पिएर हुर्केका हौँ,” उनी भन्छन्, “अहिले भएका धारा पनि सुके, धेरै त विकासका नाममा विनाशै भए । भत्काइदिएका धारा बनाउन अनुरोध गरेका छौँ, खोइ के बनाउलान् ।”

हिजोआज पनि पहिलेकै जस्ता ढुुङ्गेधारा र तिनमा कलकल बगेको पानी हेर्न मन छ उहाँहरुलाई तर अब कहाँ पाउनु ? उनीहरु दुवै जनालाई लाग्छ कहिलेकाहीँ त कृत्रिम रुपमै भए पनि कतै पानीको व्यवस्था गरेर ढुङ्गेधारामा पानी बगिरहेको हेर्न मन लागेको छ । यसका लागि स्थानीय नागरिकहरु र स्थानीय तहसँग उनीहरुले माग पनि गरिरहेको सुनाउँछन् ।

गत जेठ ३० गते मात्रै उपत्यकाका नेवार जातिले सिथि नखः पर्व मनाएका छन् । इतिहासविद् एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले यो पर्वमा इनार, कुवा, पोखरी, ढुङ्गेधारालगायत पानीका स्रोतहरुको सफा गरेमा वर्षायाममा मूल फुटेर पानी आउने मान्याता रहेको बताए । उनका अनुसार ढुङ्गेधारा, इनार, कुवा, पोखरी सुकिसकेको भए पनि वर्षामा पानी पलाओस् भनेर सफा गरिन्छ ।

ढुङ्गेधारा, पोखरी, तथा इनारामा पानी नभए पनि मनसुनमा मूल फुटेर आउँछ कि भन्ने अलिकति आशा मनमा अझै बाँकी राखेर पानी पर्खिरहेका छन्, उपत्यकावासीहरु । “सिथि नखःमा विशेषगरी पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोतवरपर सरसफाइ गर्दा वर्षाको समयमा बगेर आउने फोहोर पानी खानेपानीको मुहानमा मिसिएर दूषित नहोस् भनेर हिजो उपत्यकावासी नेवार समुदायले कुवा, पोखरी, इनार, धारा सफा राख्नुभएको छ,” उनले भने, “हिँउदमा सुक्खा कारण सुकेको र थुनिएको पानीको मूललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूल सफाइ गर्ने परम्परा वर्षौंदेखि रहँदै आएको हो ।”

श्रेष्ठका अनुसार सिथि नखः महादेव पार्वतीका जेठ सुपुत्र कुमारको जन्म दिन भएकाले कुमारको पूजाआराधना गर्नाले वर्षातको समयमा धान रोप्न पानी आउने, शरीरमा बल र शक्ति प्राप्त हुने विश्वासका साथ यो पर्व मनाउने चलन छ । उनले लिच्छवीकाल, मल्लकालदेखि नै कुलो तथा अन्य पानीकोे स्रोतहरु सफा राख्नुपर्ने मान्यता रहिआएको जानकारी दिएका छन्।

ललिपुरस्थित ठेचोका रत्न मालीले पनि सिथि नखःका अवसरमा धारा, कुवा, इनार, पोखरी सफा गरे । “हामी सानो छँदा जुन धाराको पानी खाएर हुर्कियौँ, जुन धारामा नुहायौँ, जुन पोखरीमा पौडी खेल्यौँ,” उनले भने, “तर आज ती कुराहरु कथाजस्तै लाग्दोरहेछ, धेरैजसो त सुकी नै सके तर वर्षातमा मूल फुट्ला भन्ने मान्यताका साथ हामीले हिजो सिथि नखः मनायौँ ।”

यसैगरी, ललितपुर जिल्ला गोदावारी नगरपालिकाका–१२ का प्रशान्त मालीलाई पनि पोखरीमा पौडी खेलेर, इनारकै पानी निकाले नुहाएको यादहरु ताजै छन् तर ती पोखरीमा पानी छैन । उनले नुहाउनु भएको ढुङ्गेधारा छ, पानी छैन । “आमाबुबाले ढुङ्गेधाराबाट पानी ल्याउने गर्नुहुन्थ्यो तर अहिले धारा छ पानी छैन,” उनले भने ।

मनसुन नेपालको पूर्वी क्षेत्रमा भित्रिसकेको छ । सक्रिय हुन भने बाँकी नै छ । पानी पर्न सुरु भएसँगै पलाउलान् त उपत्यकाका सुकिसकेका ती ढुङ्गेधाराहरु रु पछिल्लो समयमा स्थानीय तहहरुले ढुङ्गेधाराको संरक्षण र संवद्र्धन गर्दै पुरानै अवस्थामा फर्काउने प्रयास गर्दै छन् तर ती प्रयासहरु कति सफल हुन्छन्, कति असफल हुन्छन् त्यो भने हेर्न बाँकी नै छ ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सुक्खायामसँगै जमिनमुनिको पानीको सतह घटिरहेको तथा ढुङ्गेधारा सुकिरहेको भन्दै यसको संरक्षण र संवद्र्धन गर्ने नीतिलाई महानगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताइन् ।

“ढुङ्गेधारा, इनार, पोखरी तथा अन्य सम्पदाहरुलाई पुरानै शैलीमा फर्काउने गरी काम भइरहेको छ, परम्परागत शैलीबाट नै निर्माण गर्नका लागि हामीले भक्तपुरबाट जनशक्ति झिकाएका छौँ,” उनले भनिन्, “आधुनिक विकाससँगै ढुङ्गेधाराहरु सुक्न थालेपछि जगेर्नाका लागि काम भइरहेको छ ।”

काठमाडौँ महानगरपालिकाका सहप्रवक्ता दीपक अधिकारीले पनि काठमाडौँमा परम्परागत शैलीका कुवा, पोखरी, ढुङ्गेधारा इनारहरु सङ्कटमा पर्दै गइरहेको भन्दै तिनको संरक्षणका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिए ।

अलान फाउन्डेसनले गरेको अध्ययनअनुसार काठमाडौँ महानगरपालिकामा रहेका ढुङ्गेधारामध्ये ६० प्रतिशतमा पानी नै आउँदैन । महानगरभित्रका एक सय ५४ ढुङ्गेधारामध्ये ६१ वटामा मात्र पानी आउँछ भने ५० वटामा कहिल्यै पानी नआउने, १० वटा सङ्कटमा परेका ९लोप हुन लागेको अवस्थामा०, २१ वटा हराएका र १२ वटा फेला नपरेको समस्या रहेको छ ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम रानाले उपत्यकामा मेलम्ची खानेपानी आयोजना आएपछि फेरि पानी आउन थालेको जानकारी दिए । उनका अनुसार जमिनमुनिको पानीको सतह कम हुँदै गइरहेकाले र भौतिक संरचना निर्माणका कारण ढुङ्गेधारा सुक्दै गएको तथा केही ढुङ्गेधाराहरुलाई पुरानै अवस्थामा ल्याउन नसकिने र केही ढुङ्गेधारामा भने पानी फेरि आउने बनाउन सकिन्छ ।-रासस

प्रतिक्रिया दिनुहोस