काठमाडौँ । श्री एयरलाइन्सले ८० सिटे एउटा विमान थपेको छ। श्रीले क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डी हाभिलैण्ड अफ क्यानडा निर्मित ८० सिट क्षमताका विमान कल साइन ‘नाइनएन एओएम’ थपेको हो।
८० सिटको क्यु ४००-८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका प्रबन्ध निर्देशक(कर्पोरेट) अनिल मानन्धरले जानकारी दिए। उनका अनुसार नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु पूरा गरी उक्त विमानबाट श्री एयरलाइन्सले आफ्ना आन्तरिक सेवाको गन्तव्यहरुमा थप उडान गर्नेछ।
सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००/७०० तथा क्यु ४००- गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ।
सि आर जे २००/७०० तथा क्यु ४०० ड्यास गरी १० विमानहरुबाट काठमाडौँ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत लगायत विमानस्थलमा र पर्वतीय उडानहरू गर्दै आइरहेको छ।