२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तोकियो सहकारी छानबिनका लागि गठन भएको संसदीय समितिको कार्यक्षेत्र 

अ+ अ-

काठमाडौँ । समस्यामा परेका सहकारीहरूको छानबिनका लागि गठन भएको संसदीय समिति ले केके गर्न पाउने भन्दै कार्य क्षेत्र तोकिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यविधि २०८१ जारी गर्दै समितिको क्षेत्राधिकार तोकिएको हो ।

कार्यविधि अनुसार सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिताको विषयमा समितिले अध्ययन गर्नेछ ।

यस्तै जोखिममा रहेका र दुरुपयोग भएको बचतको छिटो र सरल फिर्ता कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि समितिले अध्ययन गर्न पाउनेछ ।

गोरखा मिडिया लगायत अन्य कम्पनी वा संस्थाबाट प्रवाह भएको रकमको अवस्था, गैरकानुनी रूपमा रकम प्रवाह भएको÷ नभएको अध्ययन गरी रकम जोखिममा पार्न संलग्नलाई कारबाहीका लागि सिफारिस गर्ने सम्मको काम अध्ययन समितिले गर्नुपर्नेछ ।

समितिको सभापतिले बैठक आव्हानका लागि सूचना दिने र अन्य सदस्यलाई बोल्नका लागि समय निर्धारण गर्नुपर्नेछ । बैठक निर्धारित समयमा शुरु हुन नसके सभापतिले सूचना दिएर बैठक स्थगित गर्न सक्नेछन् । बैठकको कार्यसूची अघिल्लो बैठकबाट शुरु हुनेछ । बैठक बोलाइएको समयमा उपस्थित हुन नसक्ने भए सभापतिलाई पूर्व सूचना दिनुपर्छ ।

यस्तै समितिले सहकारी अनुगमन तथा सुपरिवेक्षण गर्ने मन्त्रालय, समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालय, प्रदेश सरकारको विषय हेर्ने निकाय, स्थानीय तह र राष्ट्र बैंकका अधिकारीहरूसँग आवश्यक छलफल तथा सोधपुछ गर्न सक्नेछ ।

समितिले कुनै पनि सदस्य संयोजक रहने गरी उपसमिति तथा कार्यदल गठन गर्न सक्ने अधिकार कार्यविधिले दिएको छ ।

संसदीय छानबिन समिति समस्याग्रस्त घोषणा भएको २० वटा सहकारी र समस्यामा परेका ९ वटा सहकारी सहित २९ सहकारीमा केन्द्रित रहेर अध्ययन गर्नका लागि जेठ १५ गते गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस