१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगलाई धर्म र जातमा सीमित गर्नु हुँदैन : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताएका छन् । शुक्रवार १० औँ विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले योगको अभ्यास नै नेपाल भूमिबाट नै सुरु भएको दाबी गरे ।

उनले योगलाई कुनै धर्म, जाति, भूगोल र राजनीतिक विचार धारामा सीमित गर्न नहुने बताए । उनले योगलाई मानव जातिको कल्याणका रूपमा विकास गर्नुपर्ने बताए । योग मानव समाजव्यापी हुन जरुरी रहेको उनको भनाइ थियो ।

उनले भने, ‘योग यसै भूमिबाट सुरु भएको थियो हजारौँ वर्षअघि । मैले आफ्ना अघिल्ला मन्तव्यहरूमा पनि योगको सुरुवात र विकासको सन्दर्भमा केही आफ्ना विचार राखेको थिएँ । आदि योगी शिवबाट योग सुरु भएको थियो । योग कुनै धर्म विशेषसँग, कुनै जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचार धारासँग सीमित छैन । यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको छ । यो एउटा यस्तो विधा हो, जो अत्यन्त वैज्ञानिक ढंगले सुरु भएको थियो ।’

उनले मानवीय हित र कल्याणका लागि सम्पूर्ण रूपमा समर्पित, व्यापक र विस्तृत हुन जरुरी रहेको बताए । ‘योगलाई हामीले मानव समाजव्यापी बनाउन जरुरी छ । कुनै धर्म विशेषसँग सीमित गरेर समग्र मानव जातिको कल्याणका निम्ति मानवव्यापी यसको दायरालाई सीमित गर्नु हुँदैन । यस धर्मसँग सम्बन्धित छ भनेर अरु धर्मलाई अलग गर्नु हुँदैन । योग मानव जातिको शरीर स्वस्थ रहोस्, मस्तिष्क स्वस्थ रहोस् भन्ने कुरासँग सम्बन्धित छ, ‘उनले भने ।

अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताए । योगमा झुमेको जीवन अनुशासित र पवित्र भन्दै उनले योगको बाटोमा लाग्न र फैल्याउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस