काठमाडौँ । धितो पत्र बोर्ड अध्यक्ष सिफारिसबारे गठित समितिले महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय गरेको छ ।
समितिको बैठकले महान्यायाधिवक्ता कार्यालयबाट अध्यक्ष सिफारिसबारे लिखित सुझाव माग गर्ने निर्णय गरेको हो ।
प्रक्रिया नै रद्द गरेर नयाँ थाल्ने वा दुई जनाको नाम सिफारिस गर्ने वा अंकका आधारमा ३ जनाको नाम सिफारिस गर्नेबारे महान्यायाधिवक्ताको कार्यालयले दिएको सुझावअनुसार समितिले निर्णय गर्नेछ ।
अध्यक्षका लागि सर्टलिस्टमा परेका ३ उम्मेदवारले कार्यप्रस्तुती तथा अन्तर्वार्ता नै नदिएपछि सिफारिस समिति अन्योलमा परेको हो । बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नैपर्ने धितोपत्र सम्बन्धी ऐनमा उल्लेख छ ।