काठमाडौँ । टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ ।
११६ रनको लक्ष्य पछ्याएको नेपालले आठौं ओभरको दोस्रो र चौथो बलमा नेपालले विकेट गुमाएको हो ।
ओपनर कुशल भुर्तेल २१ बलमा १३ रन र कप्तान रोहित पौडेल शून्य रनमा आउट भए।