१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आहारपूरक खाद्य पदार्थहरूको गुणस्तरमा कुनै सम्झौता नगर्नुस् : महानिर्देशक डा. वैद्य

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले उपभोक्ताहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आयातित तथा स्वदेशमा उत्पादित आहारपूरक खाद्य पदार्थहरूको गुणस्तरमा कमसल हुने गरी सम्झौता नगर्न सचेत गराएकी छिन् ।

विभागको आयोजनामा आहारपूरक खाद्य उद्योगी व्यवसायीहरूसँग खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा महानिर्देशक जोशीले व्यवसायीहरूसँग यस्तो बताएकी हुन् । नयाँ बनेको ऐन ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ र बन्न लागेको नियमावलीले सम्पूर्ण समस्याहरूलाई सम्बोधन गर्ने उनको भनाइ छ ।

आगामी दिनहरूमा आहारपूरक खाद्य पदार्थहरूको बाह्य विश्लेषण रिपोर्टको भर नपरी विभागकै ल्याबमा समेत प्रमाणीकरण गर्ने क्षमता अभिवृद्धि भएको उनले बताइन् ।

कार्यक्रममा उपमहानिर्देशक सोमकान्त रिजालले आहारपूरक खाद्य पदार्थहरूको गुणस्तर प्रभावकारी बनाउन दर्ता प्रक्रियाको क्रममा ब्रान्ड नामसँगै मोलिकुल्स्को जेनेरिक नाम पनि उल्लेख गर्ने बताए ।

एनएनसिए सङ्गठनका अध्यक्ष विप्लव रञ्जितले आहारपूरक खाद्य पदार्थहरूको दर्ता अवधि १ वर्ष नभई कम्तीमा ३ वर्ष र आयात अनुमति पटक पटक नभई वर्षमा १ पटक मात्र लिने व्यवस्था भए व्यवसायीहरूलाई सहज हुने बताए । उनले लेबल विवरणमा डिएफटिक्युसी नं। राख्ने प्रावधान भएमा दर्ता नभएका आहारपूरक खाद्य पदार्थहरू आफैँ नियन्त्रण हुने बताए ।

कार्यक्रमका वक्ताहरू सञ्जीव काफ्ले, विजय उपाध्याय, सूर्य पौडेल र रोशन लामा लगायतले आहारपूरक खाद्य पदार्थहरूको बारेमा आ-आफ्ना धारणा राख्दै नेपाली बजारमा भन्सार छली, बिना दर्ता, कमसल गुणस्तर भएका पदार्थहरू भित्रने र विक्रिवितरण समेत भइरहेको जानकारी गराए । एक उत्पादन कम्पनीले एक मात्र आधिकारिक आयातकर्ता प्रणाली लागु हुनु पर्ने सहभागीको भनाइ छ । डिएफटिक्युसीको वेबसाइटमा ब्रान्ड नाम अनलाइन खोज्दा सम्मिश्रणसमेत देखिनु पर्ने, विक्रिवितरणमा असहजता खडा हुने गरेको लगायतका विषय उनीहरूले उठान गरेका थिए ।

महानिर्देशक जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आहारपूरक खाद्य व्यवसायीहरू, विभिन्न क्षेत्रका बुद्धिजीवीहरू, सरोकारवाला निकाय, पत्रकारसहित विभागका उपमहानिर्देशक सोमकान्त रिजाल तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतहरू, खाद्य अनुसन्धान अधिकृतहरू, खाद्य निरीक्षकहरू लगायत अन्य कर्मचारीहरू गरी १०० जना सहभागीहरूको उपस्थिति रहेको आहारपूरक नियमन शाखाका प्राविधिक सहायक÷खाद्य निरीक्षक सञ्जय चौधरीले जानकारी दिए ।

आहारपूरक नियमन शाखाका खाद्य अनुसन्धान अधिकृत शिव प्रसाद भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा शाखाका शाखा प्रमुख एवं वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले कार्यपत्र प्रस्तुत गरेका थिए । धितालले आहारपूरक खाद्य पदार्थहरूको दर्ता तथा नवीकरण प्रक्रिया, हाल नेपालमा दर्ता भएका आहारपूरक खाद्य पदार्थ र त्यसको नियमन आदिको बारेमा प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस