१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन

अ+ अ-

पर्वत । पर्वतको जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको सिमानामा पर्ने दमुवा खोलामा गैरकानुनी ढङ्गले प्राकृतिक स्रोतको दोहन गरिएको छ । उक्त खोलाबाट निर्माणजन्य सामग्री चोरी निकासी गरिँदै आएको छ ।  

खोलामै सडक बनाएर निर्माण सामग्री चोरी निकासी हुँदै आएको छ । प्राकृतिक स्रोत दोहनले जलजला गाउँपालिका-८ स्थित जनहित सामुदायिक वन क्षेत्रमा पहिरोको समस्या देखिएको छ । दमुवा खोलाबाट दैनिकरुपमा निर्माण सामग्री उत्खनन् गर्ने क्रम बढ्दै गएपछि त्यस वरपरको बस्ती नै खतरामा परेको छ । 

दोहनले वर्खायाममा बाढीपहिरोको जोखिम रहेको  स्थानीयको गुनासोपछि अनुगमन गर्न त्यहाँ पुगेको जिल्लास्तरीय अनुगमन समितिको टोलीले उत्खननमा रोक लगाएको छ । समितिका प्रमुख विष्णुराम विकका अनुसार कतिपय व्यक्तिले व्यक्तिगत जग्गा चक्लाबन्दी गर्न निर्माण सामग्री निकासी गर्ने गरेको पाइएको छ । 

उनले भने, ‘जथाभाबी ढुङ्गा र गिट्टी निकासी गर्ने गरेको पाइएको छ, सवारीसाधन प्रवेशमा रोक लगाएका छौँ ।’ 

अनुगमन टोलीले स्थानीय वन क्षेत्र र वन क्षेत्रभन्दा माथि बसोबास गर्ने बस्तीको जोखिमलाई ध्यानमा राख्दै सो खोलाबाट ढुङ्गा र गिट्टी निकाल्न रोक लगाएको हो । खोलामा सडक नै निर्माण गरेर ढुङ्गा र गिट्टी निकाल्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए । 

प्रतिक्रिया दिनुहोस