३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज विश्व दूध दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

अ+ अ-

काठमाडौँ ।  ‘दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ नारासहित विभिन्न कार्यक्रम गरी शनिबार विश्व दूध दिवस मनाइँदैछ। 

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्‍याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले सन् २००१ देखि जुन १ तारिखलाई विश्व दूध दिवस मनाउन सुरु गरेको हो। नेपालले पनि सन् २०११ देखि यो दिवस मनाउन थालेको हो । 

दिवसका अवसरमा केन्द्रीय स्तरमा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्व र विभिन्न सरोकारवाला निकायको सहयोगमा बालबालिका तथा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई दुग्धपान, दूधको सेवनसम्बन्धी उपत्यकाव्यापी विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र दुग्ध क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ठ व्यक्तिलाई सम्मान गर्न कार्यक्रम हुँदैछ। 

सातै प्रदेशमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश दुग्ध विकास बोर्ड, पशु सेवा विज्ञ केन्द्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघलगायतले विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको नेपाल डेरी एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए। 

उनका अनुसार दूधको उत्पादन वार्षिक ४.७९ प्रतिशतले बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/०९ मा देशभर २५ लाख ६६ हजार ६१४ मेट्रिकटन दूध उत्पादन भएको एसोसिएसनले जनाएको छ। 

दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार-प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्‍याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस