२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने

अ+ अ-

भक्तपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ उद्योग सञ्चालनका लागि सरकारले सस्तो ब्याजदरमा रु. २५ लाखसम्मको ऋण उपलब्ध गराउने बताएका छन् ।  

राष्ट्रिय लघु उद्यमी महासंघ नेपालले उद्योग मन्त्रालय र अस्ट्रेलियन एड युएनडिपीको सहयोगमा भक्तपुरमा आज आयोजना गरेको चारिदिने राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भण्डारीले दुईदेखि पाँच प्रतिशत ब्याजमा उद्योगीलाई उक्त ऋण सरकारले उपलब्ध गराउने उल्लेख गरे । 

स्वदेशी उत्पादनका लागि उद्योग सञ्चालनमा अग्रसर हुन उनले आग्रह गरे । 

मन्त्री भण्डारीले भने, “स्वदेशी वस्तु उत्पादन र उपभोगमा सरकारको बढी चासो छ, स्वदेशी वस्तुलाई सरकारले प्रोत्साहन गरेको छ । सरकारी निकायमा प्रयोग हुने कलम, डायरी, जुत्ता, लुगा जस्ता स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर सरकारले खरिद गर्छ ।”

लघु तथा साना उद्यमीलाई सरकारले चासो लिएर सुविधा दिएको उल्लेख गर्दै उनले सरकारका लागि ठूला र साना उद्योगी बराबर भएकाले सानोले महत्त्व नपाउने भन्ने नहुने बताए । मन्त्री भण्डारीले विदेशबाट फर्केका युवालाई लघु उद्योगमा रोजगार दिने, युवा परिवदबाट पनि अगाडि बढाउने एवं एउटा पालिकामा १० देखि २० लघु उद्योगलाई अगाडि बढाउने सरकारले नीति अगाडि सारेको बताए । 

कार्यक्रममा राष्ट्रिय लघु उद्यमी महासंघका उपाध्यक्ष रीता लामिछानेले लद्यु उद्योगको क्षेत्र सानो भए पनि ठूलो उद्योग जत्तिकै योगदान रहेको चर्चा गर्दै युवालाई विदेश पलायन हुनबाट रोक्न लद्यु उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताइन् । उनले साना उद्योगलाई जोगाउन सकेन भने सरकारले रोजगार बढाउन नसक्ने र युवा पलायन हुने भएकाले लघु उद्योग जोगाउन सरकार लाग्नुपर्ने बताइन् । 

राष्ट्रिय लघु उद्यमी महासंघ नेपालका अध्यक्ष केशा परियारले आफू रक्त क्यान्सरबाट पीडित हुँदा समेत २०औँ वर्षदेखि स्थानीय स्रोतको उत्पादन गर्दै आएको बताइन्। उनले ऐन, नियमावलीको नीतिले विगत दुई वर्षदेखि विभिन्न मन्त्रालय, उद्योग वाणिज्य समितिबाट साना उद्यमीमाथि अन्याय गरेको बताइन् । राज्यले ठूला व्यवसायीलाई मात्रै कर छुट, भ्याट छुट, कर फिर्ता, ऋणमा ब्याज छुटलगायत बजेट व्यवस्थापनको विभिन्न नीतिहरू अगाडि सारे पनि साना उद्यमीका माग बजेटमा नसमेटिएको बताइन् । 

प्रदर्शनीमा साना तथा लघु उद्यमीहरूले उत्पादन गरेको लत्ता कपडा, गलैँचा, खेलौना, टोपी, अल्लोको सामग्रीलगायत विभिन्न सामानको प्रदर्शनी तथा बिक्री गरिएको थियो । मेला यही जेठ २१ गतेसम्म सल्लाघारीस्थित इम्पेरियर बैङ्क्वेटमा सञ्चालन हुने र विशेष छुटमा घरेलु उत्पादनहरू बिक्री हुने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस