१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थल सञ्चालनबारे संसदीय समितिलाई जानकारी

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा लुम्बिनी विकास गुरुयोजनाका समस्या र भावी कार्यदिशाबारे संसदीय समितिलाई जानकारी गराएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनालाई सहजरुपमा सञ्चालन गर्न प्राविधिक, कानुनी, नीतिगत र व्यवहारिक पक्षको अध्ययन भइरहेको जानकारी दिए । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले भने, “लुम्बिनी गुरुयोजनालगायत आयोजना राज्यको क्षमता र उपलब्ध बजेटका आधारमा निरन्तर अघि बढिरहेका छन्, विभिन्न विकास समिति र राष्ट्रिय महत्वका सम्पदाका रूपमा रहेका गढी र किल्लाको संरक्षण तथा संवर्द्धनमा पनि राज्यले काम गरिरहेको छ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा र गौतमबुद्ध विमानस्थल निर्माण भूकम्प, बन्द हडताल र कोरोनासम्मका घटना व्यहोर्दै सम्पन्न गरिएको घटना सुनाउँदै यी परियोजना अध्ययनका हिसाबले धेरैका लागि विश्वविद्यालय जस्तै रहेको बताए । 

उनले भने, “गौतमबुद्ध विमानस्थल बने पनि भैरहवा आउने यात्रु कम रहेकाले निजी क्षेत्रका विमानले उडान भर्न सक्ने अवस्था अहिले नै देखिन्न । राज्यले चाहने हो भने वैदेशिक रोजगारमा जाने आउनेका लागि त्यहाँबाट उडान भर्न सकिन्छ ।”

आगामी कात्तिकदेखि केही महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्नुपर्ने भएकाले त्यस बेला सो विमानस्थलको अन्तर्राष्ट्रिय उडानको चाप घटाउन गौतमबुद्ध विमानस्थल प्रयोग गर्न सकिनेबारे महानिर्देशक अधिकारीले समितिलाई जानकारी गराए । प्राधिकरणलाई मुलुकका ५५ विमानस्थल सञ्चालनको जिम्मेवारी रहेको जानकारी गराउँदै उनले उपलब्ध जहाज प्रयोग गरी दुर्गम जिल्लाका पुराना विमानस्थल नुन, खोप, चामल, पुस्तक र  चुनावका बेला मतपत्र ढुवानी गर्न  प्रयोग हुँदै आएको उल्लेख गरे । 

पहाडी जिल्लामा रहेका धेरै विमानस्थल सडक यातायातको पहुँच विस्तारसँगै हवाई उडानको चाप घटेको उल्लेख गर्दै उनले कतिपय विमानस्थल राजनीतिक होडबाजीमा बनाइएकाले चाहेर पनि सञ्चालन गर्न चुनौती देखिएको धारणा राखेका छन् । 

प्रतिक्रिया दिनुहोस