काठमाडौँ । सत्तापक्ष र प्रतिपक्षी नेपाली कांग्रेसबीच सदन सुचारु गर्ने अनौपचारिक सहमति भएको छ । कानूनमन्त्री पदम गिरीले भोलिदेखि संसद चल्ने सहमति भएको जानकारी दिए ।
आज बसेको दलहरुबीचको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दलहरुबीच सहकारीका विषयमा संसदीय छानबिन समिति बन्ने र त्यसको पूर्णता दिन भोलि बिहान ११ बजे कानून मन्त्रालयलमा कार्यदलको बैठक बस्ने बताए । सो बैठकले बैठकलाई औपचारिकता दिइने उनले बताए ।
त्यस्तै, भोलि नै संसदको संयुक्त बैठक सुचारु हुनेमा पनि सहमति भएको उल्लेख गरे ।
यता नेपाली काँग्रेसका सचेतक रमेश लेखकले छलफल गम्भीर भएको र निष्कर्ष उन्मुख तथा सकारात्मक रहेको बताए ।