२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीर्ण पुल बनाउन स्थानीय सरकार उदासिन, गाउँले चिन्तित

अ+ अ-

मुगु । मुगुको सोरु गाउँपालिका कुलाहास्थित झोलुङ्गे पुल लामो समयदेखि जीर्ण रहँदा स्थानीयले सास्ती खेप्दै आएका छन् ।  पुल जीर्ण रहँदा कालैया, खनाया, जिमा, पुरुमुरुका साथै सोरु गाउँपालिकाका बासिन्दा जोखिम मोलेरै धराप पुलबाट वारपार गर्न बाध्य छन् । 

मुगुको कर्णाली नदीमाथि जिमा र कालैया जोड्ने पुल २०३९ सालमा निर्माण गरिएको हो । चार दशक पुरानो पुलमा जोखिम बढेकै तीन वर्ष भैसकेको छ । तर यसबारे तीनै तहका सरकार बेखबर जस्तै देखिन्छन् । 

सोरु गाउँपालिकाको केन्द्र पुग्न यसै पुलमार्फत स्थानीय आउजाउ गर्छन् । हिउँदमा जसोतसो नदी पार गर्न सकिने भए पनि बर्खा याममा कसरी घाँस दाउरा गर्ने भन्ने चिन्ता परेको सुनाउँछिन् कालै गाउँकी ताल्मा नेपाली ।

ताल्माले भनिन्, ‘‘टाढाबाटै हेर्दा पुल डरलाग्दो छ । एकजनाभन्दा बढीले एकैपटक पुल तर्न सकिँदैन। हिँडाइको सन्तुलन मिलेन भने नदीमा खसिने डर । खेतबारी पारिपट्टी छन्, सधैँ घाँस दाउरा गर्नुपर्छ । भारी बोकेर आउँदा मनमा चिसो पसिरहन्छ । यो बर्खा कसो गरी कटाउने हुन् ।”

पुल जीर्ण भएकै कारण गाई वस्तु चराउन समस्या हुने गरेको उनको भनाई छ । पुलमा बिछ्याइएका पाता धेरैजसो उप्किएकाले त्यसमा बालबालिका अल्झेलान् भन्ने त्रासले स्थानीयलाई सधैँ सताउने गरेको नेपालीले सुनाइन् । 

सोरु गाउँपालिका वडा नम्बर– ६ का मान प्रसाद भट्ट पनि पुल जीर्ण बन्दा सास्ती खेप्नुपरेको सुनाउँछन् । 

‘जिमा र कालै जोड्ने एकमात्र पुलको अवस्था यस्तो जोखिमपूर्ण छ । यी दुवै ठाउँका स्थानीयलाई यही एउटा पुलले जोडेको छ । हिउँदमा जीर्ण पुलको प्रयोग गर्न स्थानीय र गाई वस्तुलाई डर कम भए पनि अब बर्खा सुरु भएपछि कहालीलाग्दो हुन्छ । कर्णाली नदिको बहाव बढ्दा पनि जोखिम मोलेर तीन वर्षदेखि यही पुलबाट आवतजावत गरिरहेका छौं । कसैले सुन्दैनन् हाम्रा समस्या,’ भट्टले दुखेसो पोखे । 

स्थानीय सोरु गाउँपालिकाको केन्द्र जाने मुख्य सेतु नै यही हो । पालिकाको सेवा लिन, बैंकको काम गर्न देखि वृद्धाभक्त लिन जाने जेष्ठ नागरिकले समेत पुलकै कारण सास्ती खेप्नुपरेको छ । तर, छेउमै रहेको स्थानीय सरकारले नागरिकको समस्या देखेर पनि नदेखे झैँ गरिरहेको स्थानीय धर्मराज चौलागाँईले गुनासो गरे । 

जीर्ण पुल मर्मतका लागि प्रदेश सरकार देखि स्थानीय तह सम्मको ध्यानाकर्षण गराए पनि पुल निर्माणमा कसैको चासो नगएको उनले बताए । 

तर, आँगनको समस्या समाधान गर्नमा भन्दा स्थानीयलाई नयाँ पुलको आशा देखाएर स्थानीय सरकार समस्याप्रति बेखबर जस्तै बनेको छ । पालिकाले नयाँ पुल निर्माण आफ्नो चासोमा रहेको उल्लेख गरी जनतालाई आश्वासन मात्रै दिने गरेको स्थानीय बताउँछन् ।  

सोरु गाउँपालिकाले उक्त पुलको मर्मत संभार गर्न नसकिने निष्कर्ष निकालेको छ । तर, जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । गाउँपालिकाले सोही पुलको आसपास नयाँ पुल निर्माण गर्न सर्वे गरी सकिएको बताए पनि निर्माणका लागि बजेट छुट्याएको छैन । 

‘यो पुललाई मर्मत गर्न हामी सबैको चासो भएकै कारण प्राविधिक परीक्षण र अध्ययन गराएका थियौं । परीक्षणबाट प्राविधिक टोलीले पुल मर्मत गरी सञ्चालन गर्न नहुने ठहर गर्दै प्रतिवेदन बझायो,’ सोरु गाउँपालिका उपाध्यक्ष केशर जङ्ग शाहीले बताए । 

उनले थपे, ‘पुल महाशाखाबाट यही पुलको आसपास अर्को नयाँ पुल निर्माण गर्न सर्वे गराइसकिएको छ । यो जीर्ण पुललाई मर्मत गरी सञ्चालनमा ल्याउने सम्भावना छैन। त्यसैले नयाँ पुल निमार्ण गर्ने विषयलाई पालिकाले सोचिरहेको छ ।’

जिल्लाभर कतिपय पञ्चायतकालमा र कतिपय त्यसपछि निर्माण भएका साना ठूला गरी ६५ झोलुङ्गे पुल निर्माण भएका छन् । २ वर्ष पहिला असोज महिनामा परेको अविरल वर्षाका कारण मुगु जिल्लामा रहेका चारै स्थानीय तहमा १३ झोलुङ्गे पुलमा क्षति पुर्‍याएको थियो । 

बर्खायाममा आउने बाढी र पहिरोका कारण कतिपय पुलहरूमा क्षति पुग्दा समेत सरोकारवालाले मर्मतमा ध्यान नदिएकै कारण पुल झन् जीर्ण बन्दै गएको जिल्ला समन्वय समितिका मुगुका समन्वय प्रमुख मञ्जन बहादुर कार्की बताउँछन् ।

प्रतिक्रिया दिनुहोस