काठमाडौँ। दाङ देउखुरीको राजपुर गाउँपालिकामा एक जना वडा अध्यक्षमाथि त्रिशूल प्रहार भएको छ ।
मंगलबार दिउँसो राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टङ्क विष्टमाथि कार्यकक्षभित्रै त्रिशूल प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) राम बहादुर केसीले बताए ।
एसपी केसीका अनुसार उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ६ खयरभट्टी निवासी २० वर्षीय विजय नेपालीले वडाध्यक्ष विष्टमाथि दिउँसो छातीको बायाँ भागमा त्रिशूल प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।