२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गरियो, हरेक मूल्य चुकाउन तयार छु : कैलाश सिरोहिया

अ+ अ-

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गरिएको प्रतिक्रिया दिएका छन् । मूल मुद्दा विषयान्तर गर्न आफूलाई सामान्य सोधपुछसमेत नगरी पक्राउपूर्जी जारी गरिएको उनको टिप्पणी छ ।

एक विज्ञप्ति जारी गर्दै सिरोहियाले राज्य शक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर विचलित नहुने उल्लेख गरेका छन् ।

‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैँ पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमानसिंह कार्की समेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षडयन्त्र भएको थियो । म अहिले पनि व्यक्तिगतरुपमा हरेक मूल्य चुकाउन तयार छु । तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन,’ उनले भनेका छन् ।

कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफैँ उजुरी गर्न लगाएर बिना सोधपुछ पक्राउपूर्जी जारी गरिएको सिरोहियाको आरोप छ ।

उनले भने, ‘समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोच्न जरुरी छ, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्नेमा व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो रु अर्को प्रश्न, जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि, आफ्नो बेथितिको ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चारमाध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो ?’

आज आफूलाई भेट्न कान्तिपुरमै आएका काँग्रेस सांसदहरूसँग पनि सिरोहियाले ब्ल्याकमेलिङसँग नडराउने बताए ।

उनले भने, ‘यस्ता कुनै पनि ब्ल्याकमेलिङबाट कान्तिपुर आफ्नो काम कर्तव्यबाट विचलित हुँदैन । व्यक्तिगतरुपमा म अनुसन्धानमा सघाउन तयार छु । तर राजनीतिक सौदावाजी मान्य छैन । म त बिहान यो कुरा थाहा पाएपछि ब्यागमा लुगाफाटो र औषधी बोकेर हिँडेको छु ।’

प्रतिक्रिया दिनुहोस