काठमाडौँ । नेपाली कांग्रेसले भोलि (सोमबार) संसदीय दलको बैठक बोलाएको छ ।
बिहान साढे ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्ने तय भएको हो । भोलि प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।
कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । तर, सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्मा जवाफ दिँदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको बताए ।
यता, आजै आइतबार काँग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक पनि चल्न नदिने बताएका छन् ।
सम्बन्धित समाचार : गगन थापाले भने-संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौँ