२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतको महाशिलामा घरेलु मदिरा ब्रान्डिङ गर्न सुरु

अ+ अ-

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्न थालेको छ । मदिरा ब्रान्डिङका लागि पालिकाले अनुसन्धान सुरु गरेको हो । 

पालिकाका विभिन्न वडामा व्यावसायिकरुपमा उत्पादन हुँदै आएको कोदो, भात, सुन्तला, किबीलगायतको मदिरालाई ब्रान्डिङ गर्न पालिकाले अनुसन्धानको कामलाई सर्च नेपालसँगको सहकार्यमा अघि बढाएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए। उनका अनुसार गाउँपालिकाको अघिल्लो गाउँसभाबाट घरेलु मदिराको अध्ययन अनुसन्धान गर्ने निर्णय पारित भएको थियो । 

छिमेकी जिल्ला स्याङ्जा र कास्कीमासमेत घरेलु मदिरा ब्रान्डिङ गरी बिक्री वितरण गरिरहेको अवस्थामा महाशिलाले पनि कार्यक्रम अघि बढाएको अध्यक्ष भुसालले बताए । घरेलु मदिरा कोदो, मकै, चामल, केरा, भोगटे, जुनार, जौ, आरुबखडालगायत विभिन्न जातका अन्न तथा फलफूलबाट उत्पादन गर्ने गरिएको छ । महाशिलामा उत्पादनका आधारमा कोदो बढी उत्पादन हुने अन्न हो । यसलाई ब्रान्डिङ गर्दा उपयुक्त हुने निष्कर्षका साथ अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । 

गाउँपालिकामा कोदोको बढी सम्भावना भएकाले कोदोको मदिरालाई प्राथमिकता दिएर अनुसन्धान गरिएको अध्यक्ष भुसालले बताए। यहाँ धेरै पहिलेदेखि स्थानीयले मदिरा बनाउँदै आउनुभएको छ, धेरैको जीविकोपार्जन यसैबाट भइरहेकाले यसलाई कसरी व्यवस्थित गरेर अघि बढ्न सकन्छ भनेर अनुसन्धान गरी सो कार्यान्वयन गर्न लागि परेका छौँ”, उनले भने, “अनुसन्धान रिपोर्टपश्चात् बाँकी काम अगाडि बढ्नेछ ।”

सर्च नेपालले गरेको उक्त अनुसन्धानमा कोदोको गुणस्तरीय मदिरा सङ्कलन गरिएको र नमुना सङ्कलनका लागि सबै वडामा तामाका भाँडा प्रयोग गरी मदिरा बनाइएको छ । 

घरेलु ज्ञान, सीप र प्रविधि प्रयोग गरी स्थानीयस्तरमा उपलब्ध हुने कोदोबाट एकदेखि सातपाने र मिश्रित एकदेखि सातपानेसम्मको गुणस्तरीय मदिरा सङ्कलन गरी नमुना ल्याब परीक्षणका लागि पठाइएको अध्यक्ष भुसालले जानकारी दिए। उनका अनुसार पालिकाका छुट्टाछुट्टै बस्ती र समुदायमा तयार गरिएको मदिराको छुट्टाछुट्टै नमुना सङ्कलन गरिएको छ ।

सङ्कलन गरिएका नमुनामा अल्कोहलको मात्रा पत्ता लगाएर खानयोग्य मदिरामा अल्कोहलको मात्रा खुलाई ब्रान्डिङ गर्न सिफारिस गरिने सर्च नेपालले जनाएको छ । ब्रान्डिङ भए पनि अहिले अवैधरुपमा उत्पादन हुँदै आएको मदिरालाई व्यवस्थितरुपमा उद्योग सञ्चालन गरी उत्पादन अनुमति प्रदान गरिने भएको छ । 

महाशिला गाउँपालिकाका छवटै वडामा लुकिछिपी घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण हुँदै आएको छ । यसको ब्रान्डिङ गर्नसकेमा पालिकाको राजस्वमा वृद्धि हुनुका साथै स्वरोजगारका अवसर वृद्धि हुने पालिकाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस