२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माणका लागि गरियो शिलान्यास 

अ+ अ-

भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो भक्तपुरको ऐतिहासिक थन्थु दरबार पुनः निर्माणका लागि शिलान्यास गरिएको छ । भक्तपुर नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोक उत्खननलाई निरन्तरता दिनुपर्ने बताए ।  

भक्तपुरका एक सय वर्ष पुराना घरहरू बस्नका लागि सुरक्षित छ वा छैन भन्ने विषयमा प्राविधिकहरूबाट परीक्षण गर्नु खाँचो रहेको जनाउँदै उनले सम्पदा पुनः निर्माणमा मौलिकता संरक्षणमा जोड दिए। 

कार्यक्रममा थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ५५ झ्यालसँगै जोडिएको थन्थु दरबार २०७२ सालअघि सम्म भक्तपुर नगरपालिकाको कार्यालयको भवनका रूपमा रहेको बताए । विसं २०७४ पछि नगरपालिकाले यहाँको एक सय २४ वटाभन्दा बढी सम्पदाहरू पुनःनिर्माण गरेकामा थन्थु दरबार पुनः निर्माणको काम छलफलमै सीमित भएको र हाल थन्थु दरबार पुनःनिर्माण कार्यलाई प्राथमिकतामा राखी नगरपालिकाले काम अगाडि बढाएको उनले जानकारी दिए । 

थन्थु दरबार भत्काउन रु. ११ लाख ५१ हजार लागेको जनाउँदै नगरप्रमुख प्रजापतिले रु १२ करोड ८५ लाख ३४ हजार बजेट लगत ‘इष्टिमेट’ गरिए पनि पहिलो चरणको कार्य योजनामा रु. चार करोड ७२ लाख बजेट स्वीकृत गरी पुनःनिर्माण अगाडि बढाएको बताए । दरबार पुनः निर्माणका लागि रु एक करोड ५८ लाखको काठ ‘टेन्डर’ प्रक्रियाबाट खरिद गरिसकेको जनाइएको छ । 

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य सृजना सैंजु, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, दरबार हेरचाह अड्डाका कार्यालय भक्तपुरका प्रमुख अरुणा नकर्मीलगायतले भूकम्पले भक्तपुरका धेरै सम्पदा तथा निजी घरहरूमा क्षति पुर्‍याएको स्मरण गर्दै भूकम्पले विनाससँगसँगै भक्तपुरको विकास पनि भएको बताए ।

इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले तत्कालीन राजा जितामित्र मल्लले बनाउन लगाएको आजभन्दा तीन सय ४६ वर्ष पुरानो थन्थु दरबारलाई भक्तपुर नगरपालिकाले पुरानै मौलिक स्वरूपमा पुनःनिर्माण अगाडि बढाउनु प्रशंसनीय भएको बताए । ५५ झ्याल दरबारको अध्ययन–अनुसन्धानका क्रममा जग खण्ड उत्खनन गर्ने क्रममा ५५ झ्याल दरबार थन्थु दरबारकै दक्षिण भाग रहेको अनुसन्धानबाट पत्ता लागेको बताउँदै डा. श्रेष्ठले भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोकको  अध्ययन-अन्वेषण सम्भव भएको बताए । 

प्रतिक्रिया दिनुहोस