२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोलकाता आइपीएलको शीर्ष स्थानमा

अ+ अ-

काठमाडौँ । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । 

आइतबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो । उसले ११ खेलबाट १६ अंक बनाएको छ ।

कोलकाता माथि उक्लिएपछि आइपीएल अंक तालिकाको पहिलो स्थानमा रहेको राजस्थान रोयल्स दोस्रो स्थानमा झरेको छ । तर राजस्थानले १० खेलमात्रै खेलेको छ । ११ खेल नै खेलेको चेन्नई सुपर किंग्स अंक तालिकामा तेश्रो स्थानमा रहेको छ । 

गएराति कोलकाताले लखनउमाथि उसकै घरेलु मैदानमा ९८ रनको फराकिलो जित हात निकालेको हो । कोलकाताले २३६ रनको लक्ष्य प्रस्तुत गरी लखनउलाई १६.१ ओभरमै अल आउट गरेको थियो भने अल आउट हुनुअघि लखनउले १३७ रन बनाएको थियो । 

मार्कस स्टोइनिसले ३६ रन र कप्तान केएल राहुलले २५ रनमात्रै बनाएका थिए । कोलकाताले आयुष बदोनीलाई १५ रनमा, निकोलश पुरनलाई १० रनमा र एस्टोन टर्नरलाई १६ रनमा आउट गरेको थियो । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

बलिङतर्फ कोलकाताका हर्षित राणा र वरूण चक्रवर्थीले समान ३/३ विकेट लिए । आन्द्रे रसेलले २ तथा मिचेल स्टार्क र सुनिल नारायणले १÷१ विकेट लिए । पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर २३५ रन जोडेको थियो । त्यसका लागि सुनिल नारायणले सर्वाधिक ८१ रन बनाए । उनले ३९ बलमा ६ चौका र ७ छक्का प्रहार गरे । 

त्यस्तै फिल सल्टले १४ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३२ रन जोडे । अंक्रुश रघुवंशीले ३२ रन, रमनदीप सिंहले २५ रन, श्रीयश ऐयरले २३ रन र आन्द्रे रशेलले १२ र रिंकु सिंहले १६ रन जोडे । बलिङतर्फ लखनउका नवीन उल हकले ३ तथा यश ठाकुर, रवी बिस्नोई र युधविर सिंहले १/१ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस