२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीलाई घनश्याम भुसालको चेतावनी : गठबन्धनलाई चुँडिने गरी नतान्नुस् टुट्न सक्छ

अ+ अ-

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण वर्तमान सत्ता गठबन्धन खतरामा रहेको बताएका छन् ।

शुक्रबार भैरहवामा आयोजना भएको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले ओलीको व्यवहारले गठबन्धनको भविष्य धेरै लामो नजान सक्ने बताएका हुन् ।

‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओली दुवै काँग्रेस र पार्टीभित्रको द्वन्द्वले गर्दा नयाँ गठबन्धनमा बाध्यताले जोडिएका हुन्,’ भूसालले भने, ‘यो कति लामो समय जान्छ, त्यो ओलीजीको व्यवहारमा भरपर्छ ।’

सम्झौता उल्लङ्घन गर्ने, सहमति कार्यान्वयन नगर्ने ओलीको पुरानै बानी भएको भूसालले बताए । उनले सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमालेले आनाकानी गरेको संकेत गर्दै त्यसो भए गठबन्धन टुट्ने चेतावनी दिए । भूसालले भने, ‘गठबन्धनलाई चुँडिने गरी नतान्नुस् अन्यथा क्षति हुनेछ ।’

भूसालले एकीकृत समाजवादीको महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूभित्र सैद्धान्तिक र वैचारिक भुईँचालो जाने दाबी गरेका छन् । उनले महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूलाई ध्रुवीकृत गराउने समेत बताए ।

प्रतिक्रिया दिनुहोस