२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीको चन्द्रकोटमा अब पशुचौपाया बिक्री गर्न नपाइने  

अ+ अ-

काठमाडौँ । गुल्मीको चन्द्रकोट गाउँपालिकाले मासुजन्य प्रयोजनका लागि पशुचौपाया ओसारपसार गर्न रोक लगाएको छ । 

गाउँपालिकाले आज (शुक्रबार) एक सूचना जारी गर्दै स्त्री जातिका पशु चौपायाहरू विशेष गरी भैँसीको बिक्री वितरण तथा ओसारपसार नगर्न/नगराउन अनुरोध गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘पछिल्लो समयमा पालिका क्षेत्र भित्रबाट विभिन्न कृषकहरूद्वारा पालिएका पशुचौपायाहरु मध्ये स्त्री जातिका पशु चौपाया (विशेष गरी भैंसी) हरुको अवैध रूपमा ओसार भइरहेको र मासुजन्य कार्यका लागि यातायातका विभिन्न साधनहरूबाट समेत अन्यत्र निकासी भइरहेको सम्बन्धमा यसको नियन्त्रण र नियमनका लागि अर्को व्यवस्था नभएसम्म पशु चौपाया बिक्री तथा ओसारपसार नगर्न अनुरोध छ ।’

गाउँपालिकाले कृषि, पशुपालन तथा दुग्ध उत्पादनलाई व्यावसायिक बनाउने गरी कार्यक्रम चलाइरहेको उल्लेख गर्दै स्त्री प्रजातिका पशुचौपाया अन्यत्रै मासुजन्य प्रयोजनका लागि निकासी भइरहेको थाहा हुन आएकाले किसानकै आग्रहमा सो कार्य गर्न रोक लगाएको गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्रीले दाबी गरे । 

गाउँपालिकाले उक्त कदम कानून सम्मत भएको र सूचना विपरीत गए पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार कारबाही गर्ने भनाई  क्षेत्रीको छ । विशेष गरी स्त्री प्रजातिको भैंसी बिक्रीमा पालिकाले जोड गरेरै रोक लगाएको अध्यक्ष क्षेत्रीको भनाई छ । 

‘हामीले कानूनमा व्यवस्था भए अनुसार नै सूचना जारी गरेका हौं । मासुजन्य प्रयोजनका लागि पशु चौपायाको बिक्री वितरण गर्न पाइँदैन । कि सरकारले कानून परिवर्तन गर्नुपर्‍यो कि कानूनी व्यवस्था कार्यान्वयन । पालिकाभित्र उत्पादन वृद्धि गर्न हेतु हामीले कानूनको कार्यान्वयन गरेको मात्र हौं’ अध्यक्ष क्षेत्रीले भने ।

गाउँपालिकाभित्रै भने किसानले पशुचौपाया बिक्रिवितरण गर्नुपरेमा अनुमति लिएर गर्न सक्ने छन् तर, अनुमति नलिई बिक्री गरेमा कारबाही गर्ने चेतावनी समेत पालिकाले दिएको छ । 

प्रतिक्रिया दिनुहोस