२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र ‘मनसरा’ शुक्रबारबाट हलमा

अ+ अ-

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘मनसरा’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । बुधबार राति ललितपुरको लबिम मलको क्यूएफएक्स हलमा प्रथम प्रदर्शन (प्रिमियर शो) सम्पन्न भएको छ ।

 सोसल-ड्रामामा आधारित कथावस्तुमा सामाजिक समस्यामा पनि लैङ्गिक विभेदलाई हेर्ने नेपाली दृष्टिकोणलाई निर्देशकले उक्त चलचित्रमा सरल रूपमा बलियो गरी उठाएका छन् । 

पूर्वी नेपालको जातीय, सांस्कृतिक, सामाजिक र लैंगिक पक्षलाई निर्देशक सुब्बाले कथावस्तुको मियोको रूपमा बलियो गरी प्रस्तुत गरेका छन् । फिल्मले दयाहाङ, मिरुना, प्रवीण र उनको श्रीमतीको भूमिका निर्वाह गरेकी मेनुकाको सम्बन्धलाई सामाजिक, जातीय र मनोवैज्ञानिक पक्षबाट देखाइएको छ । 

महिलालाई मुख्यतः सन्तान उत्पादन गर्ने वस्तुको रूपमा हेरिने नेपाली समाजमा बाँझोपनको समस्याका कारण उसले परिवार र समाजबाट भोग्नुपर्ने हेपाइ र सामना गर्नुपर्ने अनेक सामाजिक मनोवैज्ञानिक चुनौतीलाई कथामा सशक्त रूपमा देखाइएको छ ।  

कथाले महिला र पुरुष दुवैमा समान गुण र दोष हुने भए पनि पुरुषमा हुने बाँझोपन र दोषको भागीदार समेत महिला बन्नुपर्ने सामाजिक यथार्थलाई समेत प्रस्तुत गरेको छ । प्रिमियर शो हेरेपछि गायक  सत्यराज आचार्यले प्रतिक्रिया दिँदै भने, ‘सन्तान उत्पादन गर्न नसक्ने कारणको दोषी सधैँ महिला मात्रै हुँदैनन् ।

 पुरुष पनि त्यसमा दोषी हुन्छ । महिलामा मात्रै बाँझोपन हुँदैन त्यो पुरुषमा पनि हुन्छ भन्ने जुन गहिरो सन्देश फिल्मले दिएको छ । फिल्म हेरिसकेपछि मलाई हामीले आफ्नो गुण दोष र अरूको गुण दोष दुवै कुरालाई समानान्तर रूपमा हेर्न बुझ्न सक्नुपर्छ भन्ने लाग्यो ।’

यस्तै, प्रिमियर शोमा पुगेका कलाकार तथा निर्देशक निश्चल बस्नेतले उपेन्द्र सुब्बा साह्रै राम्रो सँग कथा भन्ने निर्देशक भएको बताए । मनसरामा कलाकारको अभिनयको प्रशंसा गरेका बस्नेतले भने ‘उपेन्द्र दाइको पहिलो फिल्म जारी जुन लेबलमा बनेको थियो र जसरी चर्चा पायो नि सनसरा पनि त्यही लेबलमा छ ।’

उपेन्द्र सुब्बाद्वारा निर्देशित चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ । सिनेमाका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् । यस्तै विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् ।

प्रिमियर शो पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्देशक उपेन्द्र सुब्बाले भने ‘दुई घण्टा सम्म तपाईँहरूले हलमा बसेर हेर्नुभयो भने त्यो नै हाम्रो सफलता मान्नेछौं ।’ 

प्रतिक्रिया दिनुहोस