२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर. बी. निश्चलको मुटु हल्लाउने ‘उल्टो धार’

अ+ अ-

इमान्दारीसाथ भन्छु, आरबी निश्चलको कवित्वको लयले मलाई उसैमा विलय गरायो । मानिसले यतिसम्म हृदय फुटालेर लेख्न सक्दछ, मेरो कल्पनामा पनि थिएन । कवितामा यति मिहिन तवरले रुन, हाँस्न, पुकार्न, फकाउन र ललकार्न सक्नु सानो खुबी होइन । साहित्यमा प्रायः करुणा, प्रेम, राग, अनुराग र सहानुभूतिका अतिरेक र आधिक्य देख्न पाइन्छ । किन्तु निश्चलका कवितामा स्वानुभूति छ । त्यहाँ आफैले भोगेको उत्पीडन, दलन र वञ्चनाको प्रकाशन छ ।

निश्चलको ‘उल्टो धार’ कविता सङ्ग्रह सयौँ वर्षदेखि प्रताडित मानवको पुकार हो । उनका कवितामा मूल धारका कवितामा झैँ साधारण उद्बोध मात्र छैन । त्यहाँ त शब्द होइन, प्रतिशब्द छ । त्यहाँ ध्वनि नभई प्रतिध्वनि छ । त्यहाँ सकार होइन, प्रतिकार छ । त्यहाँ स्वीकार नभई धुत्कार छ । निश्चलको केन्द्रबिन्दुमा मानवता छ । त्यहाँ पिल्साइको तडप छ । त्यहाँ असमानता, दलन, पीडन र विसङ्गतिको सिङ्गो प्रत्यक्षीकरण छ ।

अन्त:करणमा वञ्चनाको निर्मम पीडा बोकेका कविको काव्यिक चेष्टाले पाठकको दिललाई विह्वल पार्छ। । निश्चलका कविता पढ्दापढ्दै मेरो हृदयबाट सहसा ‘अहो यो प्रताडना ! अहो यो जीवन ! अहो यो जगत ! अहो यो अन्धकार !’ को आहट् निस्केको छ । कविता केवल लहड र मन बहलाउने साधन होइन । कविता प्रेम, बिछोड र संयोग- वियोगको कथा मात्र पनि होइन । अपितु यो त व्यक्तिको निजी मामिलाको सीमाभन्दा पर एउटा ठुलो समुदायको चीत्कार पनि हो ।

अबको साहित्य समाजको दर्पणमा मात्र सीमित भएर पुग्दैन । आजको साहित्यले समाजलाई मार्गदर्शन गर्नु जरुरी छ । कविता त झन् साहित्यको मुकुट हो । कविको कर्तव्य समाजमा चलेको कुरीतिलाई उजागर गर्नु मात्र पनि होइन । आजका कविको कर्तव्य समाजमा जागरूकता फैलाउनु हो । विभेद र वञ्चनाका विवेचना धेरै भए, अब विवेचना होइन, विघटनको खाँचो छ । कवि निश्चल विघटनको आह्वान गर्न सर्वथा सफल छन् ।

कविता लेख्न सजिलो छ । अचेल त जो कोहीले पनि कविता लेखेर सामाजिक सञ्जालमा राखेको राख्यै छन् । वास्तवमा कविताको कठिनता लेख्नुमा छैन । कठिनता त्यहाँ छ, जब कवि कुशलतापूर्वक शब्दको संयोजन गर्न असफल हुन्छ । असफलता त त्यहाँ छ, जब कविले ‘कविताको बजार’ले खोजे जस्तो उत्पादन दिन सक्दैन । अचेल कविताको बजार सर्लक्कै सुकेर गएको छ । यस्तो परिस्थितिमा पनि कवि निश्चल पाठकको मथिङ्गललाई व्याकुल बनाउन निपुण छन् । उनलाई शब्दचातुर्य र चमत्कारसँग कुनै सरोकार छैन । उनको अभीष्ट ललित काव्य नभई जागरणको बिगुल फुक्नु हो । जसमा उनले ठुलो उपलब्धि हासिल गरेका छन् ।

कतै पढेको थिएँ, यदि कविता नभएको भए राम र कृष्ण पनि हुने थिएनन् । त्यो त भक्ति काव्य लेखेर निष्ठावान भक्तहरूलाई नतमस्तक गराउने कुरा भयो । हो, कविता नभएको भए कवि आर. बी. निश्चल पनि हुने थिएनन्, जसले एउटा वृहत् जन समुदायलाई राम र कृष्णबाट टाढा राख्ने वञ्चयिताविरुद्ध आगो ओकलेका छन्। उनले कविताको माध्यमबाट उत्पीडित समुदायलाई विकृति, शोषण र अन्यायको प्रतिरोध गर्न प्रेरित गरेका छन् ।

अहिले पनि ईश्वरलाई समेत एउटा वर्गीय अवधारणामा सीमित राख्ने प्रथा यथावत छ । ईश्वरलाई नै असमानताको कारक देखाउने चेष्टा पनि निरन्तर छ । आजको समाजले समेत त्यस्तो प्रवृत्तिलाई आत्मसात् गरिरहेको देखेर कवि निश्चल आश्चर्यचकित छन् । आफैले वञ्चनामा राख्ने र आफैले नै बुद्धिहीन भनिदिने चालप्रति त उनी झनै विस्मित छन् । मानवीय पीडालाई व्यावहारिक रूपायन गर्न बिछट्ट सिपालु छन् निश्चल । उनको कविता कलामाभन्दा जीवनमा उन्मुख छ ।

गैर दलित साहित्यको पनि दलित सरोकारका मामिलामा ठुलो योगदान छ । किन्तु गैर दलित साहित्यकार स्वयं भोक्ता नभई अवलोकनकर्ता मात्र हो । बाहिरबाट देखेर र सुनेर जानेको कुराबाट अन्तरात्माको पुकार कसरी पो अभिव्यक्त हुन सक्छ र । दर्शकभन्दा भुक्तभोगीले उठान गरेको प्रश्न बढी मार्मिक हुन्छ । प्रहारको पीडा अचानोलाई जति पर उभिएर देख्नेलाई कहाँ हुन्छ ? हिन्दुस्तानी साहित्यमा मुन्सी प्रेम चन्द दलित उत्पीडनको मामिलाका प्रखर शब्द शिल्पी हुन् । परन्तु उनी पनि अवलोकनकर्ता मात्र हुन् । सहानुभूतिले मात्र दलितको पीडा र चीत्कारको वास्तविक प्रतिनिधित्व गर्न सक्दैन । दलितको पीडा सहानुभूतिमा होइन, स्वानुभूतिमा मात्र राम्रोसँग अभिव्यक्त हुन् सक्छ I

कवि निश्चलको यो कविता सङ्ग्रहसँग साक्षात्कार गरिरहँदा म हिन्दुस्तानका दलित आदिकवि हिरा डोमलाई सम्झिरहेको छु ।

सन १९१४ मा ‘सरस्वती’मा प्रकाशित भोजपुरी भाषाको आदि कवितामा हिरा लेख्छन्:-
हमनी के राति दिन मेहनत करीलेजाँ
दुइगो रुपयवा दरमहा में पाइबि
ठकुरे के सुखसेत घर में सुतल बानी
हमनी के ज्योति ज्योति खेतिया कमाइबि
बभने के लेखे हम भिखिया न माँगवजाँ,
ठकुरे के लेखे नहीँ लउरि चलाई बि
सहुआ के लेखे नहि डाँडी हम मारबजाँ
अहिरा के लेखे नहीँ गइया चोराइबि

बाहुनले जस्तो हामी भिख माग्दैनौँ । हामी ठकुरीलेझैँ अरूमाथि लाठी हान्दैनौँ । साहु ( बनियाँ ) ले जस्तो हामी डाँडी मार्दैनौँ । हामी अहिरलेझैँ गाई चोर्दैनौँ ।

कविता मनुष्यको अन्तरिक संवेदनालाई अभिव्यक्त गर्ने सबैभन्दा प्राचीन माध्यम हो ।

प्रस्तुत कविता सङ्ग्रहमा जम्मा अठचालिस कविता छन् । यहाँ म केही कवितालाई उद्धरण गर्न चाहन्छु।
‘पृथ्वी र पागलहरू’ शीर्षक कवितामा निश्चल लेख्छन् ;
धन्न
जन्मन्छन् हरेक युगमा केही पागलहरू
हान्छन् ढुङ्गा तिनले जमेको बासी पानीमा
अनि घोल्छन् नयाँ नयाँ रङ धर्म- आँखाको नानीमा
र भुईँचालो ल्याउँछन् मान्छेका पुराना बानीमा
………… छाडेका छैनन् जन्मन पागलहरू
धन्न
केही पागल जन्मिरहन्छन् पृथ्वीमा र त
सूर्य घुम्न छाडेर पृथ्वी घुम्न थाल्छ

‘विराट पुरुष र जातको क्वारेनटाइन’ शीर्षकको कवितामा उनी यसरी पोखिन्छन् ;
सोच्छु –
मेरा निम्ति मात्रै
किन यो जातको क्वारेनटाइन बनाइएको होला
किन मलाई मात्र समाजबाट अलग्याइएको होला
किन मलाई मात्रै अछुतमा खसालिएको होला
किन मलाई मात्रै क्वारेन्टाइनमा बसालिएको होला

यो कविता लामो छ । निश्चल अन्तमा लेख्छन्,
तर ख्याल राख्नुहोस् महोदय !
यदि तपाईँ पाइला चाल्नुहुन्न
र जातको क्वारेनटाइनबाट निस्कन पाउन्न भने
वर्णाश्रमको विषाणुकै कारण
बिस्तारै सड्नुहुनेछ तपाईँ

‘ऊ बलात्कार गरिरहेछ’मा प्रताडित समुदायको असीम पीडा छ I सदियौँदेखि अँचेट्दै अँचेट्दै समुदायको पल्लो छेउमा पुर्‍याइएको दलित समुदायलाई आफूखुसी जिउने अधिकार पनि छैन I असहनीय विभेद र वञ्चनामा पारिएको वर्ग हो दलित, जसले आजको जमानामा पनि छुवाछूतको पीडा सहँदै अछट्ट छेउमा बसेर विभेदकारीहरूलाई पोसाक, औजार र चारा जुटाउनुपर्छ I निश्चल लेख्छन्;
यो शरीर
तात्नुपर्छ उसकै इच्छा अनुसार
मात्नुपर्छ उसकै इच्छा अनुसार
भाँच्नुपर्छ उसकै इच्छा अनुसार
नाच्नुपर्छ उसकै इच्छा अनुसार

‘उल्टो धार’ कविता अत्यन्त सशक्त छ I आर. बी. लेख्छन् ;
विपरीत धारमा
न रगडेको भए पत्थर
पहिलोपल्ट आगो बल्थ्यो र कहाँ
‘सम्भव छैन’मा एडिसन बगेको भए लाइट बल्ब बल्थ्यो र कहाँ
…..पुरानै धर्मको धारमा बगेको भए
जिसस, बुद्ध र महावीर जन्मन्थे र कहाँ
कुनै न कुनै समयमा कसै न कसैले प्रवाहलाई
अस्वीकार नगरे प्रश्न नगरे
नयाँ प्रयोग नगरे र विद्रोह नगरे
कहाँ हुन्छ परिवर्तन ?

यो प्रताडित समुदायलाई गरिएको ठुलो आह्वान हो । छुवाछूतको अविरल प्रवाहलाई स्वीकार गर्दै त्यही प्रवाहमा बगिरहे र सधैँ चुप लागेर बसिरहे को कठै भनेर उद्धार गर्न आउला ? यो कविता पढ्दै जाँदा रोम रोममा काँडा उम्रन्छन् I

‘समयपक्षी उड्न नसक्ने भएको छ’ मा कविले यथास्थितिप्रति निर्मम प्रहार गरेका छन् I उनी लेख्छन्;
धर्म पिँजरामा कैद छ
समयपक्षी
आफ्नो प्रकृति भुलेर उसले
दासताको गीत गाउँदै छ
पिँजरा संसारमा रमाउँदै छ

‘हामी अमर भयौँ’ शीर्षक कविता पढ्दा हृदय नै द्रवीभूत हुन्छ I प्रेमले जात हेर्दैन I परन्तु यहाँ दुई जना मानवले आपसमा प्रेम गर्न पनि नपाउने रे I आफ्नो इच्छा अनुरूप जीवन यापन गर्न पनि नपाउने रे I धेरैतिर उज्यालो भयो I किन्तु मान्छेको मन उज्यालो हुन् सकेन
म मारिएँ, हो म मारिएँ
मलाई त
कहाँ मान्छेले मारेका हुन् र
मलाई त मेरै जातले मारेको हो
मान्छेको मनको कालो रातले मारेको हो
मान्छे बन्न बाँकी मान्छेकै जातले मारेको हो

‘जातप्रति’मा उनी लेख्छन् ;
कहीँ कसैले मलाई देख्ला र उसको साइत बिग्रला कि भनी
सिकारीको वाण लागिसकेको मृगझैँ
तर्सेर लुकेर चारैतर्फ हेर्दै डरले
कान ठाडा पारेर हिँड्दै छु

यो कविता पढ्दा ‘कस्तो समाजमा जन्मन पुगिएछ’ भनेर थकथकी लाग्छ I पढेलेखेको र योग्य भएर पनि विभेदको पीडामा जिउन बाध्य पारिनुको वास्तविक पीडा भुक्तभोगीलाई मात्र महसुस हुन्छ I यो कविताको गहन समाज शास्त्रीय महत्त्व छ ।

यो समग्र दलित समाजको दारुण हबिगतलाई उजागर गर्ने प्रतिवेदन हो

‘कुरूप अँध्यारो खस्छ’मा निश्चल लेख्छन् ;
कथित अछुत भएकैले होला
लोकतन्त्रको हावाले पनि मलाई छुँदैन
समय पनि मेरो दुःखमा कहिल्यै रुँदैन
……… ज्ञानको उज्यालोले पनि
जातले डसेको नीलो दाग देख्दैन
कविको कलमले पनि
मेरो पीडाको कुनै कविता लेख्दैन

कथित लोकतान्त्रिक पद्धति अङ्गीकार गरेको राष्ट्र र समाजप्रतिको दीन हीन गुनासो हो यो I अरूलाई त यहाँ लोकतन्त्रको उज्यालो महसुस भएको होला, परन्तु आज पनि अछुत भएर बाँच्नुको पीडा असह्य छ I अरूको कुरा परै छ, यहाँ त कविको कलमले समेत छुवाछूतको पीडा महसुस गर्न नसक्नु विडम्बना नै हो I

‘काम्ने रोग’ शीर्षक कवितामा निश्चलको कलम यसरी बग्छ ;
अचानक भूकम्प जाँदा पनि
कतै मेरै स्पर्शले तर्सेर
धर्ती कामेकी हुन् कि झैँ लाग्छ

‘जात के हो ?’ मा उनी लेख्छन् ;
थाहा छैन –
प्राणीले फेर्ने श्वासको जात के हो ?
प्राणीले हेर्ने आकाशको जात के हो ?
बगिरहेको पानीको जात के हो ?
यी नयनका नानीको जात के हो ?

‘ठाउँ कहाँ दिएको छ र मलाई’ कवितामा सक्षम भएर पनि अवसर नपाउनुको पीडा छ I
अलि पर अलग्गै बसिरहेको छु म
नाच्न नजान्ने त म पनि कहाँ हो र
तर नाच्नका निम्ति
समाजले ठाउँ दिएको छ र मलाई कहाँ

कवि आरबी निश्चल ‘आह्वान’ शीर्षक कवितामा शान्त भएर उदाएका छन् I हामी सबै एउटै परम पूर्वजका सन्तति हौँ I हाम्रो भाषा एउटै छ,पहिरन एउटै र संस्कृति पनि एउटै छ I छुवाछूत हाम्रो समाजको निधारमा लागेको कलङ्कको टिका हो I यहाँ समस्या धर्म, संस्कृति र सम्प्रदायको होइन I यहाँ समस्या छोटो चित्त र सङ्कीर्ण चिन्तनमा छ । उनी विनम्र आह्वान गर्दै लेख्छन् ;
तिमी र म यी धर्म र दर्शनभन्दा माथि उठेर
अलि फराकिलो चिन्तन
अनि
मानवीय व्यवहार गर्न सिकौँ

प्रतिक्रिया दिनुहोस