३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको सहयोगमा निर्माण भएको नेपालगञ्ज एकीकृत जाँच चौकी नेपाललाई हस्तान्तरण

अ+ अ-

काठमाडौँ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको नेपालगञ्ज एकीकृत जाँच चौकी भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।

जाँच चौकीको निर्माण ६ असोज २०७७ सालमा निर्माण सुरु भएको थियो । १८ जेठ २०८० मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । जाँच चौकीको निर्माण सम्पन्न भएसँगै भारतले आइतबार नेपाललाई हस्तान्तरण गरेको हो ।

निमार्णको काम सम्पन्न भएको एकीकृत जाँच चौकी भारत सरकारबाट शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ, बाँकेलाई हस्तान्तरण गरेको हो ।

सोही मितिमा शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ, बाँकेबाट नेपाल इन्टरमोडल यातायात विकास समितिलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण पश्चात् एकीकृत जाँच चौकी व्यवस्थापन तथा सञ्चालन आगामी २५ वैशाख २०८१ देखि सुरु गर्ने गरी टीआरएस एटलस लोजीपार्क प्रालिलाई एकीकृत जाँच चौकी पूर्वाधार हस्तान्तरण गरिएको हो ।

नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले निर्मित नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिबाट सम्पूर्ण तयारी पूरा भएको समितिले जनाएको छ ।

समितिले जाँच चौकीहरूको सञ्चालन अहिले निजी क्षेत्रबाट चलाइरहेको छ । समिति भने नियामक निकायका रूपमा रहेको छ ।

समिति अन्तर्गत रहेका टर्मिनलहरूको सञ्चालन तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बोलपत्रको माध्यमबाट निजी क्षेत्रबाट कम्पनी छनोट गर्ने नीति रहेको छ ।

नेपालगञ्ज एकीकृत जाँच चौकीका लागि समितिले ११ असार २०८० मा बोलपत्र आह्वान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस