काठमाडौँ । बर्दियाको गुलरियामा अवस्थित जिल्लाकै जेठो अस्पतालमा मिर्गौला रोगीहरूका लागि हेमोडायलासिस सेवा सुरु भएको छ ।
मंगलबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दीपेन्द्र पुन मगरले सेवाग्राहीहरूलाई पर्चा वितरण गरी सेवा शुभारम्भ गरेका छन् ।
लामो समयदेखि प्राविधिकलगायत स्वास्थ्यकर्मीको अभावमा बर्दिया अस्पतालमै थन्किएको उपकरणहरूमार्फत सेवा सञ्चालन गरेपछि सेवाग्राहीहरू खुशी भएका छन् ।
बर्दिया अस्पतालका प्रमुख डाक्टर शुभाष पाण्डेयले बर्दिया अस्पतालमा निःशुल्क हेमोडायलासिस सेवा सुरु भएको जानकारी दिएका छन् ।