२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. बाबुराम भट्टराईले भने-पार्टीहरू उत्तर र दक्षिणीमुखी भएकाले देशले निकास पाएन

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका पार्टीहरू उत्तर र दक्षिणीमुखी भएकाले देशले निकास नपाएको बताएका छन् ।

आइतबार बुटवलमा रिपोर्टस क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा उनले छिमेकी देशको योजनामा दलहरू अगाडि बढ्दा समस्या आएको बताएका हुन् ।

अहिलेको निर्वाचन प्रणालीबाट देशले निकास नपाउने भन्दै उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष भट्टराईले अहिलेको गठबन्धन केबल गठबन्धन भएको र यसका कुनै आयु नभएको बताए ।

‘हाम्रो पार्टीलाई नयाँ वैकल्पिक पार्टी बनाउने दृढता लिएको छु, नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी हुने भएकाले हामीहरू नेपालमुखी बनाउनेतर्फ लागेका छौँ’, उनले भने, ‘राजनीति भनेको देश लुट्ने हो भन्ने बनाइयो, चुनावलाई महँगो बनाउने र त्यसको नाममा भ्रष्टाचार गर्ने यो देशका लागि घातक बनेको छ ।’

बेरोजगारी बढेको र उद्योग व्यवसाय धराशायी बनेको सबै राजनीतिक कारण नै भएको उनले जिकिर गरे । भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न लोकपाल बनाउनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस