२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन सरु

अ+ अ-

घोराही (दाङ) । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा चिकित्सा विषयमा स्नातकोत्तर तह (एमडी) को पठनपाठन सुरुआत भएको छ । प्रतिष्ठानमा पहिलो पटक एमडी तहको पठनपाठन थालिएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने जानकारी दिए । 

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले एमडी तहमा अध्ययनका लागि भर्ना भएका चिकित्सकलाई स्वागत गरे ।  सो अवसरमा प्रतिष्ठानले पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै प्रदान गरिरहेको सेवाका बारेमा जानकारी पनि गराइएको थियो । 

चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानका लागि निर्धारण गरेको चारवटा सिटमा एमबिबिएस तह अध्ययन पूरा गरेका चिकित्सक एमडी तहमा भर्ना भएका थिए ।  ती मध्ये एमडीजिपीमा दुई, गाइनोकोलोजीमा एक र अर्थोपेडिकमा एकजना रहेका छन् । एमडी तहको पठनपाठनका लागि प्रोफेसर डा. नारायणसिंह गुरुङ, एसोसिएट प्रोफेसर डा. वसन्त लामिछाने, प्रतिष्ठानका डिन सागर पन्थीलगायत खटिने भएका छन् ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री पुनले स्वास्थ्य क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय प्रदान गर्दै आएको स्वास्थ्य सेवामा गुणस्तर कायम राख्दै शैक्षिक कार्यक्रम सञ्चालनको थालनी गर्नु यस क्षेत्रका लागि ठूलो उपलब्धि रहेको बताए । 

प्रतिष्ठानको काम, कर्तव्य र अधिकार क्षेत्रलाई माथि उठाउन सबै लाग्नुपर्ने बताउँदै स्वास्थ्यमन्त्री पुनले पश्चिम क्षेत्रमा यस प्रकारको स्वास्थ्य सेवा विस्तारले आम नागरिकलाई स्वास्थ्य सेवा लिन निकै सहज हुने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव जनार्दन पन्थीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न यस क्षेत्रबाट धेरैले पहल थालेको स्मरण गर्दै उद्देश्यअनुसारको प्रतिष्ठानको कामले गति लिँदै गएको हुँदा आगामी शैक्षिक कार्यक्रम र प्रतिष्ठानको सेवा विस्तारमा सबै लाग्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस