२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिम जापानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अ+ अ-

टोक्यो । दक्षिणपश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ । यद्यपि भूकम्पबाट कुनै सुनामी वा क्षतिको रिपोर्ट आएको छैन । 

युएसजिएसले भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८ किलोमिटर पश्चिममा क्युशु र शिकोकु टापुलाई विभाजन गर्ने च्यानलमा करिब २५ किलोमिटर गहिराइमा रहेको गएको बताएको छ । 

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले सामाजिक सञ्जाल एक्समा भनेको छ, “कृपया भूकम्पको झट्का बलियो भएका क्षेत्रहरूमा नजानुहोस्, भूकम्पका कारण सुनामीको कुनै खतरा छैन ।”

जापानको आणविक नियमन प्राधिकरणले भूकम्प गएको क्षेत्रमा इकाता आणविक ऊर्जा केन्द्र सामान्यरूपमा सञ्चालन भएको जनाएको छ । “इकाता ऊर्जा केन्द्रमा कुनै असामान्यता पाइएको छैन र अपरेसन जारी छ”, प्राधिकरणले भनेको छ । 

सरकारका प्रवक्ता योशिमासा हयाशीले कुनै पनि विद्युत् संयन्त्रमा सुनामीको कुनै चेतावनी वा असामान्यता नभएको पुष्टि गर्दै भूकम्पबाट कति क्षति भयो भन्नेबारे अधिकारीहरूले जाँच गरिरहेको बताए। ‘हामी जवाफ दिनका लागि हर सम्भव प्रयास गर्नेछौँ’, उनले भने । उनले जनतासँग भूकम्पको झट्काप्रति सर्तक रहन आग्रह गरे । 

प्रशान्त ‘रिङ अफ फायर’ को पश्चिमी किनारमा चार प्रमुख टेक्टोनिक प्लेटहरूको शीर्षमा बसेको जापान टेक्टोनिकरूपमा संसारको सबैभन्दा सक्रिय मुलुकमध्येको एक हो । करिब १२ करोड ५० लाख जनसङ्ख्या भएको जापानमा हरेक वर्ष करिब एक हजार पाँच सय भूकम्पको झट्का महसुस हुन्छ । अधिकांश भूकम्प साना हुन्छन् र ठूलो भूकम्पले पनि सामान्यतया थोरै क्षति पुर्‍याउँछ ।

प्रतिक्रिया दिनुहोस