२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश सरकारद्वारा छ हजारभन्दा बढीको स्वास्थ्य बीमा

अ+ अ-

बागमती । बागमती प्रदेश  सरकारले  चालु आर्थिक वर्षमा वाग्मती प्रदेशको १३ जिल्लाका  लक्षित वर्गका छ हजार आठ सय ९५ घरपरिवारको  स्वास्थ्य बीमा गरेको छ । यो अत्यन्त उदाहरणीय कार्य भएको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले रु. दुई करोड ३४ लाख १५ हजार नौ सय ५० प्रिमियम तिरेर सो बीमा गरिदिएको हो । सो मन्त्रालयले १३ जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित व्यक्ति, क तथा ख वर्गका अपाङ्गता भएका व्यक्ति तथा स्वास्थ्य स्वयंसेविकाको बिमाबापतको प्रिमियम  तिरेको हो ।

प्राप्त विवरणअनुसार काठमाडौँ जिल्लाका एक सय ५५ घरपरिवार  भक्तपुरका  ३५ घरपरिवार, ललितपुरका पाँच सय ५० घरपरिवार, काभ्रेपलाञ्चोकका सात सय २० घरपरिवार, नुवाकोटका पाँच सय ७३ घरपरिवार, रसुवाका एक सय ८१ घरपरिवार र रामेछापका तीन सय १९ घरपरिवार, धादिङका पाँच सय ९१ घरपरिवार, मकवानपुरका  एक सय एक घरपरिवार, दोलखाका दुर्ई सय ७४ घरपरिवार, सिन्धुपाल्चोकका एक हजार तीन सय १४ घरपरिवार, सिन्धुलीका चार सय ७९ घरपरिवार परिवार तथा चितवनका एक हजार छ सय तीन घरपरिवारको स्वास्थ्य बीमा गरिएको जनाइएको छ ।

सबैभन्दा बढी चितवनमा स्वास्थ्य बीमा गरिएको बताइएको छ । एक सय चार जना महिला स्वयंसेविका, अपाङ्गता भएका तीन सय ७७ जना तथा अतिसीमान्तकृत एक हजार एक सय २२ परिवार गरी एक हजार छ सय तीन परिवारको रु ५८ लाख ३८ हजार स्वास्थ्य बीमा बापतको भुक्तानी  गरिएको सो मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस