२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् अन्त्य गरी अध्यादेश ल्याउने तयारी

अ+ अ-

काठमाडौँ । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । यसका लागि आन्तरिक तयारी भई रहेको संसद् सचिवालय स्रोतले जनायो ।

एक महिनादेखि जारी संसद्को गतिरोध फुकाउन नसक्दा अधिवेशन अन्त्यको तयारी भएको हो । वैशाखको पहिलो सातासम्ममा हिउँदे अधिवेशन अन्त्य हुने सम्भावना छ । सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउन काँग्रेससँगै राप्रपा र सत्तारूढ दलहरूभित्रबाट दबाब बढेपछि सरकारले संसद् अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो । 

प्रतिनिधि सभाको बैठक वैशाख २ गतेका लागि डाकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसकै वरिपरि अधिवेशन अन्त्य गर्ने मनस्थितिमा छन् । सहकारीको विषयलाई लिएर संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने काँग्रेसको अडानका कारण प्रधानमन्त्री अधिवेशन अन्त्य गर्ने मनस्थितिमा पुगेका हुन् ।

सरकार संसद्को गतिरोध फुकाउनेतिर भन्दा पनि अध्यादेशबाट कानून ल्याउने दिशामा केन्द्रित हुन थालेको छ ।

त्यसो त प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनका लागि संसद्बाट नसकिए अध्यादेशबाट भए पनि लगानीको वातावरण निर्माण गर्न कानून संशोधन गरिने प्रतिबद्धता जनाएका थिए । बुधवार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘देशमा लगानीको वातावरण निर्माण गरी लगानी भित्र्याउन हाम्रा नीति, कानून, सोच, संरचना र कार्यशैलीमा काफी चुनौती र सीमाहरू छन् । त्यसलाई सम्बोधन गर्न सरकारले आवश्यक परे अध्यादेश नै ल्याएर भए पनि लगानी भित्र्याउन सरलीकृत नीति निर्माण गर्छ,’ उनले भने । लगानीसँग सम्बन्धित कानून संशोधनका लागि चालु अधिवेशनबाटै संशोधन हुने सम्भावना देखिँदैन । यसबाट पनि यो अधिवेशनलाई धेरै लम्बाउने पक्षमा उनी नरहेको स्पष्ट हुन्छ । 

लगानी भित्र्याउनका लागि निजी क्षेत्रले कानूनी जटिलता फुकाउनुपर्ने माग गरिरहेको छ । सरकार पनि करिब एक दर्जन कानून संशोधनको तयारीमा जुटेको छ । 

लगानी बोर्ड नेपालको संयोजनमा आगामी वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलनको आयोजना गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस