१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदहरूका लागि विज्ञ उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य प्रभु साहले सांसदहरूका लागि विज्ञ उपलब्ध गराउन सभामुख र सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले विज्ञ नहुँदा सांसदहरूको काम प्रभावकारी हुन नसकेको र यसको असर मुलुकले नै व्यहोर्नु परिरहेको बताएका हुन् ।

‘पीएचडी गरेको भएता पनि एउटा विषयमा गरेको हुन्छ । सबै विषय सबैलाई त थाहा हुन्न’ उनले प्रश्न गरे, ‘सभामुख महोदय एउटा सांसदलाई पाँच जना विज्ञ उपलब्ध गराउन सकिँदैन ?’, ‘जनतालाई उपलब्धि के देखाउने ?’

साहले सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्त्यतिर पुगेको तर कानुन निर्माणको प्रगति निराशाजनक रहेको बताएका छन् ।

‘विधेयक अधिवेशनमा तीन वटा विधेयक पास भएको छ । अघिल्लो अधिवेशन समेत गरी चार वटा विधेयक पास भयो । त्यसमा पनि अधिकांश संशोधन विधेयक र अघिल्लो कार्यकालमै राष्ट्रिय सभामा दर्ता भएर आएका विधेयक छन् । अब जनताकहाँ जाँदा हामीले के काम गरेको भनी देखाउने,’ उनले भने ।

सांसदका लागि सिंहदरवार र संसद् भवनमा काम गर्ने ठाउँसमेत नरहेको पनि उनले बताए । संसदीय दलमा प्रत्येक सांसदका लागि बस्ने ठाउँ नरहेको उनको भनाइ छ ।

सांसदका लागि अध्ययन गर्ने ठाउँ उपलब्ध गराउने, लाइब्रेरी प्रभावकारी बनाउने लगायतका काममा सभामुखले पहल लिनुपर्ने र सरकारले सुन्नुपर्ने उनको माग छ ।

प्रत्येक सांसदका लागि स्वकीय सचिव दिइएको तर उनीहरूका लागि काम गर्ने ठाउँ नरहेको साहले बताए । काम गर्ने ठाउँ नदिने भए सांसदका स्वकीय सचिव फिर्ता गर्न उनको आग्रह छ । अन्यथा स्वकीय र सांसदका लागि काम गर्ने ठाउँ दिनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस