२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडकमानवमुक्त भयो दाङको तुलसीपुर

अ+ अ-

तुलसीपुर (दाङ) । तुलसीपुरमा कुनै समय सडक मानव छ्याप्छयाप्ती हुन्थे तर अहिले  यो सानो सहर सहयोगापेक्षी सडक मानवबाट मुक्त भएको छ ।  अन्यत्रबाट आएका सडक मानवलाई पनि उद्धार गरेर मानव सेवा आश्रममा लैजाने गरिएकाले अहिले तुलसीपुरमा सडक मानव भेटिँदैनन् ।

मानव सेवा आश्रमका प्रमुख हिरु जोशीका अनुसार प्रत्येक शनिबार तुलसीपुर बजार अनुगमन हुँदै आएको र त्यस क्रममा सडक मानव भेटिएका छैनन् । सबै सडक मानवलाई उद्धार गरेर आश्रममा राख्न थालेपछि अब यहाँ त्यस्ता मानिस नभेटिका हुन् । 

हालसम्म ६० जनाभन्दा बढीलाई उपचारपछि पुनः स्थापना गरिएको छ । “हामी आश्रममा ल्याएर उपचार गर्छौँ, खाना, बास दिन्छौँ”, उनले भने, “सन्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउँछौँ, सोहीअनुसार अहिलेसम्म ६०  जनालाई परिवारमा मिलन गरिसकेका छौँ ।” पुनः मिलनपछि स्वास्थ्यका बारेमा ‘फलो अप’ पनि हुने गरेको उनले जानकारी दिए । 

अहिले पनि संस्थामा ८३ जनालाई आश्रय दिइएको प्रमुख जोशीले बताए । तीमध्ये केहीलाई छिटो सन्चो हुने र केहीलाई दुई–तीन वर्षसम्म पनि सन्चो नहुने अवस्था रहेको उनले जानकारी दिए। वडा कार्यालय, प्रहरीलगायत सर्वसाधारणले त्यस्ता व्यक्तिलाई आश्रममा ल्याइदिने गरेका छन् । मनकारी दाताको सहयोगमा आश्रम सञ्चालन भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस