२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रममन्त्री अर्याल र स्वीस राजदूत मेउलीबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा. डेनियल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । 

आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा श्रममन्त्री अर्यालले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न विकास साझेदारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले आगामी दिनमा नेपाल सरकारले न्यूनतम ज्यालामा आधारित रोजगारी सिर्जना मात्र नभई श्रम बजारको मागका आधारमा सीप विकासमा लगानी गर्ने बताए ।

मन्त्री अर्यालले सीपयुक्त जनशक्तिको निर्माण गरी सक्रिय श्रम बजारको स्थापना, स्वरोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए । 

भेटमा नेपालका लागि स्वीस राजदूत डा. डेनियलले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालित रोजगार सेवाकेन्द्र सुदृढीकरणको बारेमा चर्चा गरे । स्वीस सरकार, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ), फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) तथा विश्व बैंकको सहकार्यमा सञ्चालित यो कार्यक्रम रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता विकासमा केन्द्रित छ ।

उक्त भेटमा विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद जवीस र एफसिडिओका प्रतिनिधि पनि सहभागी थिए । विश्व बैंकका नेपाल निर्देशक जविसले विश्व बैंकको सहयोगमा सञ्चालित ‘युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना’ (यति) को अवधि थप गर्न विश्व बैंक इच्छुक रहेको बताए । 

उनले आयोजनामार्फत नेपालको आन्तरिक रोजगारी प्रवर्द्धन, सीप विकासका कार्यक्रम सञ्चालन, राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको निर्माण र स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता विकास गरी एकीकृत श्रम रोजगार सेवालाई प्रभावकारी बनाउन विश्व बैंक प्रतिबद्ध रहेको बताए । 

सन् २०२० जुन ३० देखि विश्व बैंकको सहयोगमा मन्त्रालयले ‘यति’ परियोजना सञ्चालन गर्दै आएको छ । यस परियोजनामार्फत विश्व बैंकले नेपालमा आन्तरिक रोजगारीको सिर्जना, श्रमिकको सीप विकास, श्रम बजारको नतिजामा सुधार तथा राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणाली (नेमिस) निर्माण गर्ने प्रतिबद्धता गरेको छ । आगामी ‘जुन’ महिनामा परियोजनाको अवधि सकिँदैछ । 

प्रतिक्रिया दिनुहोस