२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तिम खेलमा नेपालको रोमाञ्चक जित 

अ+ अ-

काठमाडौँ । आयरल्यान्ड वुल्भ्सविरूद्धको तेस्रो टी-२० खेलमा नेपालको ‘ए’ क्रिकेट टिमले जित निकालेको छ। 

यसअघिका दुई खेलमा पराजित भएपछि सिरिज गुमाएको नेपालले तेस्रो खेलमा आयरल्यान्डलाई ३ रनले पराजित गर्‍यो। नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन जोड्यो।

आयरल्यान्डका ओपनर रोस एडियरले १४ बलमा ३१ रन जोडे भने जेम्स म्याकुलम ४ रन र पिटर मुर २ रनमा आउट भए। यस्तै कप्तान निल रकले २ रन मात्र जोड्न सके। तर मोर्गन टपिङ र ग्यारेथ डेलनीले अर्धशतक प्रहार गर्दा आयरल्यान्डले नेपालमाथि दबाब बढाएको थियो। 

टपिङ ६० रन र डेलनी ६८ रन जोडेर आउट हुँदा नेपाललाई राहत मिलेको थियो। अन्तिम ओभरमा आयरल्यान्डलाई २० रन चाहिदा नेपालका रशिद खानविरुद्ध फिन ह्यान्डले पहिलो बलमा छक्का प्रहार गरे। त्यसपछि दोस्रो बलमा दुई रन र तेस्रो बलमा पनि दुई रन लिए। चौथो बलमा चौका प्रहार गर्दा उसलाई दुई बलमा ६ रन चाहिएको  थियो। पाँचौ बलमा दुई रन लिने क्रममा ह्यान्ड २२ रन जोडेर आउट भए। जसका कारण अन्तिम बलमा उसलाई जितका लागि पाँच रन चाहिएको थियो।  तर रशिद खानविरूद्ध आयरल्यान्डका म्याकार्थीले १ रन मात्र लिन सके। 

बलिङमा नेपालका विपिन खत्रीले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा २३ रन दिए। कमलसिंह ऐरी, रशिद खान र नारायण जोशीले १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस