२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीआरसी विधेयकमा काँग्रेस लचिलो हुनेवाला छैन : डा.कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेससँगको तत्कालीन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको बताएका छन् ।

साथै एमालेलाई साथमा लिएर सङ्क्रमणकालीन न्यायसम्बन्धी(टीआरसी) विधेयक पारित गराउन खोजेको पनि उनले बताए । दाहालले देखाएको कोशी निर्वाचन र काँग्रेस महासमिति बैठकमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द एवं ०८४ को निर्वाचन एक्लै लड्ने प्रस्ताव कारण नभएर भूराजनीतिक खेल भइरहेको दाबी कोइरालाले गरे । 

‘उपसभापतिको प्रतिवेदनमा जनयुद्ध शब्द लेखिएको थियो । त्यसको विरोध प्रचण्डजीले गर्नुभयो । र महामन्त्रीको प्रतिवेदनमा उल्लेख ०८४ को चुनाव हामी एक्लैले लड्ने कुराको पनि विरोध गर्नुभयो । महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदन नेपाली काँग्रेसको हो । प्रचण्डजीले काँग्रेसको प्रतिवेदन माओवादीले लेखिदेओस भन्ठान्नुभएको थियो होला,’ उनले थपे, ‘मलाई लाग्दैन यी कारणले उहाँ काँग्रेस छाडेर एमालेसित जानुभएको हो । यसमा भूराजनीतिक परिस्थिति प्रमुख हो । सत्य निरूपण तथा मेलमिलापमा काँग्रेस लचिलो छ तर एमाले अप्ठ्यारो भएको छ । टीआरसी विधेयक पास नभए अप्ठ्यारोमा पर्छु भन्ने लागेको हुनसक्छ उहाँलाई ।’

शनिबार काठमाडौंमा आयोजित वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १६ औं वार्षिक साधारण सभालाई सम्बोधन गरेका कोइरालाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७९’ -टीआरसी विधेयक पास गराउन एमालेको समर्थनका लागि दाहालले काँग्रेससँगको तत्कालीन गठबन्धन फुटाएको बताए ।

उनले त्यो बाहेक भूराजनीतिक कारण पनि रहेको भन्दै टीआरसी विधेयकमा अब काँग्रेस लचिलो नहुने बताए । टीआरसी विधेयमा एमालेले अड्काएको हलो अब काँग्रेसले जोत्ने कोइरालाले स्पष्ट पारे ।

‘काँग्रेस सर्वोच्च अदालतले दिएको निर्देशनलाई पालना गर्छ । काँग्रेस अन्तर्राष्ट्रिय मानवअधिकारसँग सम्बन्धित सङ्घसंस्थाको न्यूनतम मापदण्डलाई लिएर अघि बढ्छ । पीडितमैत्री विधेयक बन्नुपर्ने काँग्रेसको मान्यता छ । यी कुरा पूरा नभए जतिसुकै संसदबाट ऐन पास भएर आए भनेपनि त्यो ऐन लागु हुन सक्दैन’, कोइरालाले चेतावनी दिए ।

स्थानीय चुनावमा माओवादीसँग गठबन्धन गर्दा काँग्रेसलाई घाटा भएको बताएका नेता डा.कोइरालाले अब काँग्रेस कुनै गठबन्धन गरेर चुनाव नलड्ने दाबी गरे । साथै उनले देश र काँग्रेसको हालत दुवै ठिक नभएको टिप्पणी गरे । 

कार्यक्रममा काँग्रेस नेता अर्जुननरसिंह केसीले देशमा अराजकता बढेको बताए । उनले सरकार सरकारसँग नचलेको र अराजकता बढेको बताए । कार्यक्रममा सांसद प्रदिप पौडेल, पूर्वन्यायाधीश बाबुराम रेग्मी, डा.केदारनरसिंह केसीलगायतले आफ्नो धारणा राखेका थिए । 

प्रतिक्रिया दिनुहोस